Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 12 ONCV

Side by side with the Father's Heart Bible™

प्रशंसाका गीतहरू

1त्यस दिन तिमीहरू भन्‍नेछौ:“हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु।तपाईं मसित रिसाउनुभए तापनितपाईंको रिस अब मरेको छ;अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।

2निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ;म भरोसा गर्नेछु र डराउनेछैनँ।याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ;निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”

3आनन्दसित तिमीहरूलेउद्धारको इनारबाट पानी भर्नेछौ।

4त्यस दिन तिमीहरू भन्‍नेछौ:“याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार;उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ;अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।

5याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ;यो कुरा सारा संसारले जानोस्।

6हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ;किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]