Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 11 ONCV

Side by side with the Father's Heart Bible™

यिशैबाटको हाँगा

1यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ;त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ।

2याहवेहका आत्मा उहाँमा रहनुहुनेछ;बुद्धि र समझका आत्मा,सल्‍लाह र शक्तिका आत्मा,ज्ञान र याहवेहको भयको आत्मा,

3र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ।उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन,अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;

4तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ;पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ।उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ;आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ।

5धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ;अनि विश्‍वासयोग्यता उहाँको पटुका हुनेछ।

6ब्वाँसो थुमासँग बस्‍नेछ,र चितुवा बाख्रासित ढल्कनेछ;बाछा र सिंह एकसाथ रहनेछन्;र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।

7गाई र भालु एकैसाथ चर्नेछन्;तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्किनेछन्;सिंहले गोरुले झैँ पराल खानेछ।

8दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ;र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।

9मेरा सम्पूर्ण पवित्र पर्वतमातिनीहरूले न हानि गर्नेछन्, न त नष्‍ट गर्नेछन्;किनकि समुद्र पानीले भरिएझैँ,याहवेहको ज्ञानले पृथ्वी भरिनेछ।

10त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ। 11त्यस दिन अश्शूर, इजिप्टको तल्‍लो भाग, माथिल्‍लो इजिप्ट, पत्रोस, कूश, एलाम, बेबिलोन, हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रोपल्ट आफ्नो हात पसार्नुहुनेछ।

12उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ,र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ;उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएकायहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ।

13एफ्राइमको डाह लोप हुनेछ;अनि यहूदाका शत्रुहरू नाश हुनेछन्;एफ्राइमले यहूदासित डाह गर्नेछैन,र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन।

14तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्;तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्।तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्;अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्।

15याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ;उहाँले प्रचण्ड बतासलेयूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ।मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेरउहाँले त्यसलाई सात वटाखोलामा विभाजित गराइदिनुहुनेछ।

16इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तैअश्शूरबाट आउने उहाँको बचेको भागकामानिसहरूका निम्तिएउटा राजमार्ग हुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]