Side by side with the Father's Heart Bible™ 1याहवेहको प्रशंसा गर!याहवेहको निम्ति एउटा नयाँ गीत गाओ,उहाँको प्रशंसा उहाँका विश्वासयोग्य जनहरूका सभामा छ।
2इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्;सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!
3तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!
4किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ;उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ।
5उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!
6तिनीहरूका मुखमा परमेश्वरको प्रशंसा होस्,र तिनीहरूका हातमा दुईधारे तरवार होस्,
7ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति,र जाति-जातिहरूलाई दण्ड दिन;
8तिनीहरूका राजालाई साङ्लाहरूले,र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;
9तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्—यही नै उहाँका सबै विश्वासयोग्य जनहरूको महिमा हो।याहवेहको प्रशंसा गर!