Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 15 ONCV

Side by side with the Father's Heart Bible™

मोआबको विरुद्ध भविष्यवाणी

1मोआबको बारेमा भविष्यवाणी:मोआबको आर सहर नष्‍ट पारिएको छ,त्यो एकै रातमा नाश भएको छ!मोआबको कीर सहर नष्‍ट भएको छ;त्यो एकै रातमा नाश भएको छ।

2दीबोन त्यसको मन्दिरमा हुन्छ,त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ;मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ।प्रत्येक शिर खौरिएको छ;अनि प्रत्येक दाह्री काटिएको छ।

3सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्;घरका कौसीहरू र सार्वजनिक चोकहरूमातिनीहरू सबै लम्पसार परेर,रुँदै विलाप गर्छन्।

4हेश्बोन र एलालेह चीत्कार गर्छन्;तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ।यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्;र तिनीहरूका हृदय व्याकुल भएका छन्।

5मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ;त्यसका भगुवाहरू सोअरसम्म नै,एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्।तिनीहरू लूहीत जाने उकालो,रुँदै-रुँदै चढ्छन्;होरोनैम जाने बाटोमा तिनीहरूआफ्ना सर्वनाशको लागि विलाप गर्छन्।

6निम्रीमका पानी सुकिगएका छन्,र घाँस ओइलाएको छ;घाँसपात छँदैछैन,र कुनै हरियो थोक छँदैछैन।

7यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धनतिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।

8तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ;तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ;तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।

9दिमोनका पानी रक्ताम्मे छन्,तर म दिमोनमाथि अझ बढी ल्याउनेछु—मोआबका भगुवाहरूमाथिर देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]