Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jeremiah 47 ONCV

Side by side with the Father's Heart Bible™

पलिश्तीको बारेमा सन्देश

1फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:

2याहवेह यसो भन्‍नुहुन्छ:“हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्;तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्।त्यसले जमिन र त्यसमा भएका सबै थोकलाईसहरहरू र त्यसमा बस्‍नेहरू सबैलाई डुबाउनेछ।मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्;देशमा बस्‍नेहरू सबै विलाप गर्नेछन्,

3दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमावेगसित दगुर्ने शत्रुहरूकारथहरूका चक्‍काका गडगडाहट सुनेरआमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्;तिनीहरूका हातहरू लुला हुनेछन्।

4किनकि सबै पलिश्तीहरूलाईनाश गर्ने दिन आएको छ,टायर र सीदोनलाई सहायता दिन सक्नेबाँचेकाहरू सबैलाई नष्‍ट गर्ने दिन आएको छ।याहवेहले कप्‍तोरका किनारमाबाँकी रहेका सबै पलिश्तीहरूलाई नष्‍ट गर्न लाग्नुभएको छ।

5गाजाले शोकमा आफ्नो कपाल खौरनेछ;अश्कलोन मौन हुनेछ।हे तराईका अवशेष हो,तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”

6रुँदै तैँले भन्‍नेछस्,“ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्?ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा,र शान्तसँग बस्।’

7तर यो कसरी शान्त बस्‍न सक्छ?किनकि याहवेहले यसलाईअश्कलोन र समुद्री किनारको विरोधमाआक्रमण गर्न आदेश दिनुभएको छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]