Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 18 ONCV

Show ONCV only
Verse × ×
1 Whoever isolates himself pursues his own desire; he lashes out against all sound wisdom. मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।
2 A fool takes no pleasure in understanding, but only in airing his own opinions. मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ।
3 When wickedness comes, contempt comes too, and with dishonor comes reproach. दुष्‍टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ।
4 The words of a person's mouth are deep waters; the fountain of wisdom is a flowing stream. मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।
5 It is not good to show partiality to the wicked, denying justice to the righteous. दुष्‍टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।
6 A fool's lips bring strife, and his mouth invites a beating. मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
7 A fool's mouth is his ruin, and his lips are a snare to his soul. मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।
8 The words of a gossip are like choice morsels; they go down into the inmost being. कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।
9 Whoever is slack in his work is brother to one who destroys. आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो।
10 The name of our Father is a strong tower; the righteous runs into it and is safe. याहवेहको नाम किल्‍ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।
11 A rich man's wealth is his fortified city; in his imagination it is like a high wall. धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्‍न नसकिने पर्खाल सम्झन्छन्।
12 Before destruction the human heart is proud, but humility comes before honor. आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।
13 If one answers before he listens, it is his foolishness and his shame. जसले सुन्‍न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
14 A person's spirit can sustain him through sickness, but a crushed spirit—who can bear it? मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ, तर टुटेको आत्मालाई कसले सहन सक्छ र?
15 The discerning heart acquires knowledge, and the ear of the wise seeks it out. विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।
16 A person's gift opens the way for him and brings him before important people. उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।
17 The first to state his case seems right, until another comes and examines him. दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ।
18 Casting the lot settles disputes and separates strong opponents. चिट्ठा हालेर झगडा मिलाइन्छ, र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ।
19 An offended brother is harder to win than a fortified city, and disputes are like the bars of a fortress. चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।
20 From the fruit of a person's mouth his stomach is satisfied; with the yield of his lips he is filled. मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; त्यसको ओठको कटनीद्वारा त्यो तृप्‍त हुन्छ।
21 Death and life are in the power of the tongue, and those who love it will eat its fruit. जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
22 He who finds a wife finds what is good and receives favor from our Father. पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्‍त गर्छ।
23 The poor person pleads for mercy, but the rich answers harshly. गरिब मानिसले दयाको बिन्ती चढाउँछ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।
24 A man of many companions may come to ruin, but there is a friend who sticks closer than a brother. जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]