Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 19 ONCV

Show ONCV only
Verse × ×
1 Better is a poor person who walks in his integrity than one whose words are crooked and is a fool. भ्रष्‍ट ओठ भएको मानिसभन्दा त निर्दोष जीवन भएको गरिब असल हो।
2 Also, desire without knowledge is not good, and whoever acts in haste misses the way. ज्ञानविनाको उत्साह असल हुँदैन; हतार गर्नेले बाटो बिराउँछ।
3 A person's own foolishness ruins his way, yet his heart rages against our Father. मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्‍याउँछ; तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ।
4 Wealth adds many friends, but the poor is separated from his friend. धनले धेरै मित्रहरू बनाउँछ; तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ।
5 A false witness will not go unpunished, and one who breathes out lies will not escape. झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।
6 Many seek the favor of a generous person, and everyone is a friend to one who gives gifts. धेरैले शासकदेखि निगाह प्राप्‍त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।
7 All the brothers of a poor person hate him; how much more do his friends keep far from him! He calls after them, but they are gone. गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन्।
8 Whoever gets wisdom loves his own soul; whoever guards understanding will find good. बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
9 A false witness will not go unpunished, and one who breathes out lies will perish. झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्‍ट हुनेछ।
10 Luxury is not fitting for a fool—much less for a servant to rule over princes. मूर्खलाई विलासी भएर बस्‍न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्‍कै सुहाउँदैन!
11 The good sense of a person makes him slow to anger, and it is his glory to overlook an offense. बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।
12 A king's wrath is like the roaring of a lion, but his favor is like dew on the grass. राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।
13 A foolish son is ruin to his father, and a wife's quarreling is a continual dripping. मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।
14 House and wealth are an inheritance from one's ancestors, but a prudent wife is from our Father. घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
15 Laziness casts into deep sleep, and an idle person will go hungry. अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ।
16 Whoever keeps the commandment keeps his life; whoever despises his ways will die. आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्।
17 Whoever is generous to the poor lends to our Father, and our Father will repay him for his deed. गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ।
18 Discipline your son while there is hope, and do not set your heart on his destruction. आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, तिनीहरूको मृत्युमा सहभागी नहोऊ।
19 A person of great wrath must pay the penalty; for if you rescue him, you will only have to do it again. रिसाहा मानिसले परिणाम भोग्नैपर्छ; त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ।
20 Listen to counsel and accept discipline, that you may gain wisdom in the days to come. सल्‍लाह सुन, र अनुशासनलाई ग्रहण गर, र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
21 Many are the plans in a person's heart, but it is the counsel of our Father that will stand. मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
22 What is desired in a person is covenant love, and a poor person is better than a liar. मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
23 The fear of our Father leads to life, and whoever has it rests satisfied, untouched by harm. याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्‍याउँछ, तब मानिस ढुक्‍कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।
24 The sluggard buries his hand in the dish and will not even bring it back to his mouth. अल्छेले आफ्नो हात थालमा हाल्छ, र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन!
25 Strike a mocker, and the simple will learn prudence; reprove a person of understanding, and he will gain knowledge. गिल्‍ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्‍नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।
26 Whoever does violence to his father and drives away his mother is a son who brings shame and disgrace. आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
27 Stop listening to instruction, my son, and you will stray from the words of knowledge. हे मेरा छोराछोरी, अर्तीलाई सुन्‍न छोड्यौ भने, तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ।
28 A worthless witness mocks at justice, and the mouth of the wicked gulps down wickedness. भ्रष्‍ट गवाहीले न्यायलाई खिसी गर्छ, र दुष्‍टको मुखले दुष्‍टतालाई निल्छ।
29 Punishment is prepared for mockers, and beatings for the backs of fools. खिसी गर्नेहरूका निम्ति दण्ड, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइ तयार पारिएका हुन्छन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]