Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 20 ONCV

Show ONCV only
Verse × ×
1 Wine is a mocker, strong drink a brawler, and whoever staggers under it is not wise. दाखमद्य उपहास हो, र कडा मद्यपान हल्‍ला हो; यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्।
2 The terror of a king is like the growl of a lion; whoever provokes him to anger forfeits his own life. राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्।
3 It is an honor for a person to keep clear of strife, but every fool is quick to quarrel. झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्‍चाउनमा छिटो हुन्छ।
4 A lazy person will not plow in autumn; so at harvest he looks for a crop and finds nothing. अल्छेले समयमै हलो जोत्दैन; यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन।
5 The purposes of a person's heart are deep waters, but one who has understanding draws them out. मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।
6 Many a person proclaims his own loyal love, but a faithful one—who can find? धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्; तर विश्‍वासयोग्य मानिस कसले पाउन सक्छ र?
7 The righteous walk in their integrity; blessed are their children after them! धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्।
8 A king seated on the throne of judgment winnows out all evil with his eyes. जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्।
9 Who can say, "I have kept my heart pure; I am cleansed from my sin"? कसले भन्‍न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु?”
10 Unequal weights and unequal measures—our Father detests them both. असमान ढक र असमान नापहरू— याहवेहले यी दुवैलाई घृणा गर्नुहुन्छ।
11 Even a child is known by his actions, by whether his conduct is pure and upright. बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी उसको चालचलनबाट नै थाहा पाइन्छ।
12 The hearing ear and the seeing eye—our Father made them both. सुन्‍ने कान र देख्ने आँखा— यी दुवै याहवेहले नै बनाउनुभएको हो।
13 Do not love sleep, or you will grow poor; open your eyes, and you will have plenty of bread. निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्‍न हुनेछ।
14 "Worthless, worthless!" says the buyer—then off he goes and boasts of his bargain. ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ।
15 There is gold and an abundance of jewels, but lips that speak knowledge are a rare treasure. सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ।
16 Take the garment of one who puts up security for a stranger; hold it as a pledge when he does so for foreigners. परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।
17 Bread gained by deceit tastes sweet, but afterward the mouth is full of gravel. छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ।
18 Plans are established by counsel; so wage war only with wise guidance. सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्‍लाह नलिई युद्ध गर्न नजाओ।
19 A gossip betrays a confidence; so do not keep company with a babbler. कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस।
20 Whoever curses his father or mother—his lamp will be snuffed out in deepest darkness. यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।
21 An inheritance gained too quickly at the start will not be blessed in the end. सुरुमै हतारमा प्राप्‍त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन।
22 Do not say, "I will pay back evil for evil." Wait for our Father, and he will deliver you. यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।
23 Our Father detests unequal weights, and dishonest scales are no good. असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन।
24 A person's steps are directed by our Father; how then can anyone understand his own way? मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्‍न सक्छ र?
25 It is a trap to rashly dedicate something and only later reconsider the vow. असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
26 A wise king winnows out the wicked and drives the threshing wheel over them. बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्‍का चलाउँछन्।
27 The human spirit is the lamp of our Father, searching every inmost part. याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
28 Loyal love and faithfulness preserve a king; by loyal love his throne is upheld. प्रेम र विश्‍वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।
29 The glory of the young is their strength, but the splendor of the old is gray hair. जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो।
30 Wounding blows scrub away evil, and beatings cleanse the inmost parts. मुक्‍का र चोटहरूले दुष्‍टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]