Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 21 ONCV

Show ONCV only
Verse × ×
1 The king's heart is a stream of water in our Father's hand; he turns it wherever he pleases. राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ।
2 Every way of a person seems right in their own eyes, but our Father weighs the heart. मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।
3 To do what is right and just is more pleasing to our Father than sacrifice. ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
4 Haughty eyes and a proud heart—the lamp of the wicked—are sin. अहङ्कारी आँखा र अभिमानी हृदय तथा दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।
5 The plans of the diligent lead surely to abundance, but all who are hasty end up in poverty. परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।
6 Making a fortune by a lying tongue is a fleeting vapor, a deadly trap. झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो।
7 The violence of the wicked will drag them away, because they refuse to do what is just. दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।
8 The way of the guilty is crooked, but the conduct of the pure is upright. दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ।
9 Better to live in a corner of the roof than in a shared house with a quarrelsome wife. कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।
10 The soul of the wicked craves evil; their neighbor finds no mercy in their eyes. दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ; त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।
11 When a mocker is punished, the simple grow wise; when the wise are instructed, they gain knowledge. गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ; बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।
12 Our Father, the Righteous One, observes the house of the wicked and brings the wicked to ruin. धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ; तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।
13 Whoever shuts their ears to the cry of the poor will also cry out and not be answered. जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।
14 A gift given in secret soothes anger, and a bribe slipped into the cloak calms strong wrath. गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।
15 When justice is done, it is a joy to the righteous but terror to those who do evil. उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्।
16 A person who strays from the way of understanding will rest in the assembly of the dead. समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।
17 Whoever loves pleasure will become poor; whoever loves wine and oil will never grow rich. सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।
18 The wicked become a ransom for the righteous, and the treacherous for the upright. दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल, र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।
19 Better to live in a desert land than with a quarrelsome and complaining wife. झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त बरु मरुभूमिमा बस्‍नु असल हुन्छ।
20 Precious treasure and oil are in the home of the wise, but a fool devours all he has. बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।
21 Whoever pursues righteousness and faithful love will find life, righteousness, and honor. धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्‍नति र सम्मान पाउँछ।
22 A wise person scales the city of the mighty and brings down the stronghold they trust in. बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।
23 Whoever guards their mouth and tongue keeps themselves out of trouble. आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ।
24 "Mocker" is the name of the proud and arrogant who acts with outrageous insolence. अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ।
25 The craving of a lazy person kills him, for his hands refuse to work. अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।
26 All day long the craving grows, but the righteous give and do not hold back. दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
27 The sacrifice of the wicked is detestable—how much more when brought with evil intent. दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!
28 A false witness will perish, but whoever listens will testify with lasting effect. झूटो गवाही दिने नष्‍ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।
29 The wicked put on a bold face, but the upright give thought to their ways. दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्।
30 There is no wisdom, no understanding, no counsel that can stand against our Father. कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन।
31 The horse is made ready for the day of battle, but victory belongs to our Father. घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]