Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 21 ONCV

Side by side with the Father's Heart Bible™

1राजाको हृदय याहवेहको हातमा हुन्छ;उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ।

2मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।

3ठिक र न्यायोचित काम गर्नुचाहिँयाहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।

4अहङ्कारी आँखा र अभिमानी हृदयतथा दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।

5परिश्रमीको योजनाले लाभ दिन्छ;हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।

6झूटो जिब्रोद्वारा कमाएको धनउडिजाने वाफ र घातक पासो हो।

7दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ;किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।

8दोषीको चाल बाङ्गो हुन्छ;तर निर्दोषको चालचलन ठिक हुन्छ।

9कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा,घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।

10दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ;त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।

11गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ;बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।

12धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ;तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।

13जसले गरिबको चीत्कार सुन्दैन,त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।

14गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ;लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।

15उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ;तर कुकर्मीहरू भने त्रसित हुन्छन्।

16समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिसमृतकहरूको साथमा विश्राम गर्न पुग्छ।

17सुख-विलास मन पराउने गरिब हुनेछ;दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।

18दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल,र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।

19झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा तबरु मरुभूमिमा बस्‍नु असल हुन्छ।

20बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ;तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।

21धार्मिकता र प्रेमको पछि लाग्नेलेजीवन, उन्‍नति र सम्मान पाउँछ।

22बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ,र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।

23आफ्नो मुख र जिब्रो सम्हाल्नेलेआफूलाई विपत्तिबाट जोगाउँछ।

24अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो,त्यसले अभिमानसाथ व्यवहार गर्दछ।

25अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ;किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।

26दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।

27दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ;त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!

28झूटो गवाही दिने नष्‍ट हुनेछ;तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।

29दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ;तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्।

30कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना,याहवेहको विरुद्ध सफल हुन सक्दैन।

31घोडा युद्धको निम्ति तयार राखिन्छ;तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]