Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 22 ONCV

Show ONCV only
Verse × ×
1 A good name is to be chosen rather than great riches, and favor is better than silver or gold. धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्‍त गर्नु चाँदी र सुनभन्दा असल हो।
2 The rich and the poor meet together; our Father is the Maker of them all. धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।
3 The prudent sees danger and takes cover, but the simple keep going and pay the price. विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ।
4 The reward for humility and the fear of our Father is riches and honor and life. धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
5 Thorns and snares lie in the path of the crooked; whoever guards his soul stays far from them. दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ।
6 Train up a child in the way he should go, and even when he is old he will not depart from it. बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
7 The rich rules over the poor, and the borrower is slave to the lender. धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
8 Whoever sows injustice will reap calamity, and the rod of his fury will fail. अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।
9 Whoever has a generous eye will be blessed, for he shares his bread with the poor. दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।
10 Drive out the scoffer, and strife goes with him; quarreling and abuse will cease. गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ।
11 Whoever loves a pure heart and speaks graciously will have the king as his friend. जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, उसका लागि राजा पनि मित्र हुनेछ।
12 The eyes of our Father keep watch over knowledge, but he overturns the words of the traitor. याहवेहको दृष्‍टिले ज्ञानको रक्षा गर्छ, तर विश्‍वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ।
13 The lazy person says, "There is a lion outside! I will be killed in the streets!" अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।”
14 The mouth of forbidden women is a deep pit; whoever draws our Father's anger will fall into it. व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्।
15 Foolishness is bound up in the heart of a child, but the rod of discipline drives it far away. बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ।
16 Whoever oppresses the poor to enrich himself, or gives to the rich, will come only to poverty. आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ।
17 Listen carefully to the words of the wise, and apply your heart to my knowledge, बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ!
18 for it will be pleasant if you keep them within you, if all of them are ready on your lips. किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ।
19 So that your trust may be in our Father, I have made them known to you today, even to you. तिम्रो भरोसा याहवेहमाथि होस् भनेर यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई।
20 Have I not written for you thirty sayings of counsel and knowledge, के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र?
21 to teach you what is right and true, so that you may give a true answer to those who sent you? आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र?
22 Do not rob the poor because he is poor, or crush the afflicted at the gate, असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल;
23 for our Father will plead their cause and will rob of life those who rob them. किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ।
24 Do not befriend a man given to anger, and do not go with a hot-tempered man, रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
25 or you will learn his ways and entangle yourself in a snare. नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ।
26 Do not be one of those who give pledges, who put up security for debts. बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस;
27 If you have nothing to pay with, why should your bed be taken from under you? यदि तिमीसित तिर्ने साधन छैन भने, तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।
28 Do not move the ancient boundary stone that your fathers set up. प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्।
29 Do you see a man skillful in his work? He will stand before kings; he will not stand before ordinary men. के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्‍लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]