Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 17 ONCV

Show ONCV only
Verse × ×
1 Better a dry crust eaten in peace than a house full of feasting with strife. शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
2 A prudent servant will rule over a disgraceful son and will share the inheritance among the brothers. विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।
3 The crucible is for silver and the furnace for gold, but our Father tests hearts. चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।
4 An evildoer listens to wicked lips; a liar listens to a destructive tongue. दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।
5 Whoever mocks the poor insults his Maker; whoever gloats over disaster will not go unpunished. गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।
6 Grandchildren are the crown of the aged, and the glory of children is their parents. नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।
7 Fine speech is not fitting for a fool—still less are lying lips for a noble. भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!
8 A bribe seems like a magic charm to the one who gives it; wherever he turns, he thinks he will succeed. घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।
9 Whoever covers an offense seeks love, but whoever keeps bringing it up separates close friends. अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।
10 A rebuke goes deeper into a person of understanding than one hundred blows into a fool. मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।
11 A rebellious man seeks only evil, and a cruel messenger will be sent against him. खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।
12 Better to meet a bear robbed of her cubs than a fool in his foolishness. मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।
13 If anyone returns evil for good, evil will never leave his house. यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।
14 Starting a quarrel is like breaching a dam, so drop the dispute before it bursts out. झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।
15 Whoever justifies the wicked and whoever condemns the righteous—both alike are detestable to our Father. दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।
16 Why should a fool have money in hand to buy wisdom, when he has no heart to learn? मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।
17 A friend loves at all times, and a brother is born for a time of trouble. मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
18 One who lacks sense shakes hands on a pledge and puts up security for his neighbor. विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ।
19 Whoever loves wrongdoing loves strife; whoever builds his gate high invites destruction. झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।
20 A crooked heart finds no good, and a twisted tongue falls into trouble. भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।
21 Whoever fathers a fool brings grief on himself; the father of a godless fool has no joy. मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन।
22 A joyful heart is good medicine, but a crushed spirit dries up the bones. प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
23 A wicked man takes a bribe in secret to pervert the ways of justice. दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ।
24 A discerning person keeps wisdom in view, but the eyes of a fool wander to the ends of the earth. विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।
25 A foolish son is a grief to his father and bitterness to the mother who bore him. मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।
26 To punish the righteous is not good, nor to flog the noble for their integrity. निर्दोष मानिसलाई दण्ड दिनु, वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।
27 Whoever holds back his words has knowledge, and one with a calm spirit is a person of understanding. समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।
28 Even a fool who keeps silent is thought wise; when he closes his lips, he seems discerning. चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]