Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 17 ONCV

Side by side with the Father's Heart Bible™

1शान्ति र मौनसित निस्तो गाँस खानुकलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।

2विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ,र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।

3चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।

4दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ;झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।

5गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ;अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।

6नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।

7भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने,शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!

8घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो;उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।

9अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ;तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

10मूर्खलाई सय कोर्रा लगाउनुभन्दा तबरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।

11खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ;त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।

12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा तबरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।

13यदि मानिसले भलाइको साटो खराबी गर्छ भने,त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।

14झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो;यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।

15दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने—यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।

16मूर्खको हातमा रकम के काम लाग्ला र?किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।

17मित्रले सबै समय प्रेम गर्छ,र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।

18विवेकहीन मानिसले भाकल गर्छ,र आफ्नो छिमेकीको जमानी बस्छ।

19झगडा रुचाउनेले पाप रुचाउँछ,र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।

20भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन;जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।

21मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्,मूर्खको बुबालाई खुशी मिल्दैन।

22प्रसन्‍न हृदय असल औषधी हो,तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।

23दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छर न्याय प्राणाली बिगारिदिन्छ।

24विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ,तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।

25मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्,र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।

26निर्दोष मानिसलाई दण्ड दिनु,वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।

27समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ,र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।

28चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]