Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 16 ONCV

Show ONCV only
Verse × ×
1 The plans of the heart belong to man, but the answer of the tongue comes from our Father. हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
2 All a man's ways are pure in his own eyes, but our Father weighs the motives. हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।
3 Commit your works to our Father, and your plans will be established. तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
4 Our Father has made everything for its purpose, even the wicked for the day of trouble. याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्‍टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।
5 Everyone proud of heart is detestable to our Father; be assured, he will not go unpunished. हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्‍चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।
6 Loving devotion and faithfulness atone for sin, and the fear of our Father turns a person away from evil. प्रेम र सत्यताद्वारा पापको प्रायश्‍चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
7 When a man's ways please our Father, our Father makes even the man's enemies live at peace with him. जब कुनै मानिसको जीवन याहवेहको दृष्‍टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
8 Better a little with righteousness than great income with injustice. बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।
9 The heart of man plans his way, but our Father establishes his steps. मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
10 A divine verdict is on the lips of a king; his mouth does not betray justice. राजाको ओठले ईश्‍वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्‍याउनुहुँदैन।
11 Honest scales and balances belong to our Father; every weight and measure is his work. ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्।
12 It is detestable for kings to do wickedness, for a throne is established through righteousness. राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
13 Righteous lips are the delight of kings, and they love the one who speaks what is right. राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्।
14 A king's wrath is a messenger of death, but a wise man will appease it. राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ।
15 In the light of a king's face is life, and his favor is like a cloud bringing the spring rain. जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो।
16 How much better to get wisdom than gold! Getting understanding is worth more than silver. सुनभन्दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!
17 The highway of the upright turns away from evil; whoever guards his way protects his life. धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।
18 Pride goes before destruction, and a haughty spirit before a fall. विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।
19 Better to be lowly in spirit among the poor than to share the plunder with the proud. अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।
20 Whoever heeds the word will find good, and blessed is the one who trusts in our Father. जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्‍नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
21 The wise of heart is called discerning, and pleasant speech increases persuasiveness. हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्।
22 Understanding is a fountain of life to the one who has it, but fools are corrected by their own foolishness. समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ।
23 The heart of the wise makes his speech wise and adds persuasiveness to his lips. बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ।
24 Pleasant words are a honeycomb, sweet to the soul and healing to the bones. मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
25 There is a way that seems right to a man, but its end is the way of death. कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।
26 A worker's appetite works for him; his hunger drives him on. परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ।
27 A worthless man digs up evil, and on his lips is a scorching fire. बदमासले दुष्‍ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ।
28 A perverse man spreads strife, and a gossip separates close friends. भ्रष्‍ट मानिसले विवाद उत्पन्‍न गराउँछ, र कुराउटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।
29 A violent man entices his neighbor and leads him down a harmful path. उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।
30 Whoever winks his eyes plots perversity; whoever purses his lips is bent on evil. आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ।
31 Gray hair is a crown of glory; it is gained in the way of righteousness. फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्‍त हुँदछ।
32 Better a patient person than a mighty one, and one who rules his spirit than one who takes a city. धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
33 The lot is cast into the lap, but its every decision is from our Father. चिट्ठा त हालिन्छ, तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]