Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 15 ONCV

Show ONCV only
Verse × ×
1 A gentle answer turns away wrath, but a harsh word stirs up anger. नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।
2 The tongue of the wise commends knowledge, but the mouths of fools pour out foolishness. बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ।
3 The eyes of our Father are in every place, keeping watch on the evil and the good. याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।
4 A gentle tongue is a tree of life, but a corrupt tongue crushes the spirit. निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ।
5 A fool despises his father's instruction, but whoever heeds correction is prudent. मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
6 In the house of the righteous there is much treasure, but the income of the wicked brings trouble. धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ।
7 The lips of the wise spread knowledge, but not so the hearts of fools. बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन।
8 The sacrifice of the wicked is detestable to our Father, but the prayer of the upright is his delight. दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ।
9 The way of the wicked is detestable to our Father, but he loves the one who pursues righteousness. याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।
10 There is severe discipline for the one who leaves the path, and whoever hates correction will die. आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ।
11 The grave and Destruction lie open before our Father; how much more the hearts of all people! मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला!
12 A scoffer does not love to be corrected; he will not go to the wise. गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्‌लाई तिरस्कार गर्छन्।
13 A glad heart makes a cheerful face, but a sorrowful heart crushes the spirit. हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ।
14 A discerning heart seeks knowledge, but the mouths of fools feed on foolishness. विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो।
15 All the days of the afflicted are hard, but a cheerful heart has a continual feast. थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; तर प्रसन्‍न हृदय सधैँ सुखी हुन्छ।
16 Better a little with the fear of our Father than great treasure and trouble with it. धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।
17 Better a meal of vegetables where there is love than a fattened ox with hatred. घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो।
18 A hot-tempered man stirs up strife, but one who is slow to anger calms a quarrel. तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।
19 The way of the lazy is like a hedge of thorns, but the path of the upright is a level highway. अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो।
20 A wise son makes a glad father, but a foolish man despises his mother. बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।
21 Foolishness is joy to one who lacks sense, but a person of understanding walks a straight path. विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ।
22 Plans fail without counsel, but with many advisers they succeed. सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्।
23 A person finds joy in giving an apt reply, and how good is a word at the right time! उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
24 The path of life leads upward for the prudent, turning him away from the grave below. समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ।
25 Our Father tears down the house of the proud, but he protects the widow's boundary. याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ।
26 The thoughts of the wicked are detestable to our Father, but gracious words are pure. याहवेह दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ।
27 Whoever is greedy for unjust gain brings trouble on his own household, but the one who hates bribes will live. लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ।
28 The heart of the righteous weighs how to answer, but the mouth of the wicked pours out evil. धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ।
29 Our Father is far from the wicked, but he hears the prayer of the righteous. याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्छ।
30 The light of the eyes brings joy to the heart, and good news refreshes the bones. हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।
31 The ear that listens to life-giving correction will dwell among the wise. जसले जीवन दिने हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्‌हरूका साथमा रहनेछ।
32 Whoever ignores instruction despises himself, but whoever listens to correction gains understanding. अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।
33 The fear of our Father is the instruction of wisdom, and humility comes before honor. याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]