Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Jonah 2 ONCV

Side by side with the Father's Heart Bible™

1योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे। 2तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:“मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ,र उहाँले मलाई जवाफ दिनुभयो।मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ;अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।

3तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो,समुद्रको मुटुभित्र म डुबेँ;अनि पानीका छालहरूले मलाई घेरे;अनि तपाईंका पानीका छालहरू र लहरहरूममाथि उर्लेर आए।

4मैले भनेँ, ‘म तपाईंकोदृष्‍टिबाट निकालिएको छु;तापनि म फेरि पनि तपाईंकोपवित्र मन्दिरतिर हेर्नेछु।’

5डुबाउने पानीले मलाई भयभीत तुल्याए,र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए;समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।

6म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो।तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर,मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।

7“जब मेरो प्राण जानै लागेको थियो,हे याहवेह, मैले तपाईंलाई सम्झेँ;अनि मेरो प्रार्थना तपाईंकहाँ,तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।

8“जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्,तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।

9तर म धन्यवादको स्तुतिसहिततपाईंलाई बलिदान चढाउनेछु।मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”

10अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]