Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 35 ONCV

Side by side with the Father's Heart Bible™

उद्धार पाएकाहरूको आनन्द

1मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्;उजाडस्थान रमाएर फक्रनेछ।र अति आनन्दित हुनेछन्; अनि केशरझैँ

2हर्षले फुल्नेछ;त्यो अति खुशी भएर आनन्दले कराउनेछ।लेबनानको महिमा;कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ;तिनीहरूले याहवेहको महिमार हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्।

3दुर्बल हातहरू बलियो बनाओ!कमजोर घुँडाहरू दह्रिला पार;

4हृदयमा डर बोकेकाहरूलाई भन,“बलियो होओ, नडराओ;तिमीहरूका परमेश्‍वर आउनुहुनेछ;उहाँ बदला लिन आउनुहुनेछ;उहाँ तिमीहरूलाई बचाउनईश्‍वरीय प्रतिशोधसित आउनुहुनेछ।”

5तब अन्धाहरूका आँखा खोलिनेछन्;अनि बहिराहरूका कान बन्द रहनेछैनन्।

6तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्;अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ।उजाडस्थानमा पानी फुटेर निस्कनेछ;अनि मरुभूमिमा खोला बग्नेछ।

7तातो बालुवा ठूलो तलाउ बन्‍नेछ,तिर्खाएको जमिनमा कलकल गर्ने पानीका मूल फुट्नेछन्।कुनै समय स्याल बस्‍ने ठाउँमाघाँस, निगालो र काँस हुर्कनेछन्।

8त्यहाँ एउटा राजमार्ग हुनेछ;त्यसलाई पवित्रताको मार्ग भनिनेछ;अशुद्ध त्यसबाट भएर जानेछैन।तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ;दुष्‍ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्।

9त्यहाँ कुनै सिंह हुनेछैन,न त कुनै हिंसक पशु त्यहाँ पुग्न सक्नेछ;तिनीहरू त्यहाँ भेट्टाइनेछैनन्।तर छुटकारा पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्।

10याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्।तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्;तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ।तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्;अनि दुःख र सुस्केरा हराएर जानेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]