Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 34 ONCV

Side by side with the Father's Heart Bible™

राष्ट्रहरूका विरुद्धमा न्याय

1हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन;हे मानिसहरू हो, ध्यान देओ!पृथ्वी र यसमा भएका सबैले,संसार र यसबाट निस्किआउने सबैले सुनून्!

2याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ;उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ।उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ;उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ।

3तिनीहरूका मारिएकाहरू फालिनेछन्,र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्;पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्।

4आकाशका सबै ताराहरू विलीन हुनेछन्,र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ;सम्पूर्ण तारामण्डलअङ्‌गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै,र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्‍नेछन्।

5मेरो तरवार आकाशमण्डलमा पिएर तृप्‍त भएको छ;हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ;त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु।

6याहवेहको तरवार रगतमा चोपिएको छ;त्यो बोसोले पुष्‍ट भएको छ—थुमा र बाख्राहरूका रगत,भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ।किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ;अनि एदोममा ठूलो संहार भएको छ।

7तिनीहरूसित जङ्गली साँढेहरू,बाछाहरू र ठूला साँढेहरू लड्नेछन्।तिनीहरूको देश रगतले निथ्रुक्‍क भिज्नेछ;अनि धुलो बोसोसित मिसिनेछ।

8किनकि याहवेहको बदला लिने एउटा दिन छ,सियोनको मुद्दा अटल राख्नलाई दण्ड दिने वर्ष छ।

9एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्;त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ;त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ!

10त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन;त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ।पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ;त्यसबाट भएर फेरि कोही जानेछैन।

11त्यसलाई मरुभूमिको उल्‍लु र दुम्सीले अधिकार गर्नेछन्;ठूलो उल्‍लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्।परमेश्‍वरले एदोममाथिगोलमालको नापडोरीर उजाडको साहुल तेर्साइदिनुहुनेछ।

12त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्‍न लायक त्यहाँ केही पनि हुनेछैन;त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्।

13त्यसका किल्‍लाका बुर्जाहरूमा काँडा,र त्यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँडीहरू उम्रनेछन्।त्यो स्यालहरूर उल्‍लुहरूका वासस्थान हुनेछ।

14मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्;अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्;त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्;अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्।

15उल्‍लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे,त्यसले बचेरा काढेर त्यसलाईआफ्ना पखेटाको छहारीमा हुर्काउँछे;त्यहाँ बाजहरू पनिआ-आफ्ना जोडीसित भेट गर्नेछन्।

16याहवेहको चर्मपत्रमा हेर र पढ:तीमध्ये एउटै पनि हराउनेछैन,कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन।किनकि यो हुकुम उहाँको मुखले दिएको हो;अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ।

17उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ;उहाँको हातले नाप्‍ने डोरी तानेर बाँडिदिनुभएको छ।तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन्र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्‍नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]