Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 21 ONCV

Side by side with the Father's Heart Bible™

बेबिलोनको विरुद्धमा भविष्यवाणी

1समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी:भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ,उजाडस्थानबाट, आतङ्कको देशबाटएउटा आक्रमणकारी आउँछ।

2मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ:देशद्रोहीले विश्‍वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ।एलाम, आक्रमण गर्! मादी घेरा हाल्!म त्यसका सबै क्रन्दनहरू समाप्‍त गरिदिनेछु।

3यस दर्शनले मेरो शरीर कष्‍टले भरिएको छ,मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ;म जे सुन्छु, त्यसको कारण म धरमराएको छु,म जे देख्छु, त्यसको कारण म हडबडाएको छु।

4मेरो हृदय काम्छ,डरले मलाई ढुक-ढुक बनाउँछ;मैले इच्छा गरेको साँझमेरा निम्ति त्रास भएको छ।

5तिनीहरू टेबुल सजाउँछन्,तिनीहरू गलैँचा ओछ्याउँछन्,तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्!अधिकृतहरू उठ,ढालमा तेल लगाओ!

6प्रभु मलाई यसो भन्‍नुहुन्छ:“जा, पहरेदार खटा,र त्यसले के देख्छ, त्यो बताओस्।

7जब त्यसले घोडाको टोलीसित रथहरू,गधामाथि सवार भएकाहरूअथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ,तब त्यो सावधान,खूबै सावधान रहोस्।”

8तब पहरेदार चिच्यायो,“मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु;प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।

9हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसितरथमा सवार भएर आइरहेछ।अनि त्यसले प्रत्युत्तर दिन्छ:‘बेबिलोन ढलेको छ, ढलेको छ!त्यसका देवताहरूका सबै मूर्तिहरूचकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”

10हे खलामा दाइँ गरिएका मेरा मानिस हो,मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वरबाटजे सुनेको छु,त्यो म तिमीहरूलाई भन्छु।

एदोमको विरुद्धमा भविष्यवाणी

11दुमाको विरुद्धमा भविष्यवाणी:सेइरबाट मलाई कसैले बोलाउँछ,“पहरेदार, रात कति बाँकी छ?पहरेदार, रात कति बाँकी छ?”

12पहरेदारले जवाफ दिन्छ,“बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ।यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध;र फेरि फर्केर सोध्न आऊ।”

अरबको विरुद्धमा भविष्यवाणी

13अरब देशको विषयमा भविष्यवाणी:ददानीहरूका यात्री दलहरू,जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ,

14तिर्खाएकाहरूको निम्ति पानी ल्याओ;तेमामा बस्‍नेहरू,शरणार्थीहरूका निम्ति भोजन ल्यायो।

15तिनीहरू तरवारबाट,नाङ्गो तरवारबाट,नुहेका धनुबाट,र घोर लडाइँबाट भाग्छन्।

16प्रभु मलाई यसो भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्‍त हुनेछ। 17धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्‍वर बोल्नुभएको छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]