Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 22 ONCV

Side by side with the Father's Heart Bible™

यरूशलेमको विषयमा भविष्यवाणी

1दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी:अहिले तिमीहरूलाई के भयो,कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ?

2हे होहल्‍ला र खैलाबैला भरिएको सहर,हे हलचल र उत्तेजनाले भरिएको नगर;मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्,न त तिनीहरू लडाइँमा मारिएका हुन्।

3तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्;तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्।तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्,र तिमीहरू एकसाथ कैदमा लगियौ।

4यसकारण मैले भनेँ, “मबाट गइहाल;मलाई धुरुधुरु रुन देओ।मेरा जातिको संहारमामलाई सान्त्वना दिने प्रयास नगर।”

5सेनाहरूका याहवेह, प्रभुकहाँदर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्चीर आतङ्कको एउटा दिन छ;पर्खाल भत्काउनेर पहाडहरूसित कराउने एउटा दिन छ।

6एलामले आफ्ना सारथीहरू र घोडाहरूसितआफ्नो धनु राख्ने ठोक्रो भिर्छ;कीरले ढालको खोल निकाल्छ।

7तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्,र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्।

8यहूदाको सुरक्षा हटाइएको छ;अनि त्यस दिन तैँले वनमा भएकोराजमहलका हतियारहरूतिर हेरिस्;

9तैँले दावीदको सहरकाधेरै पर्खालहरूमा धाँदाहरू देखिस्;तैँले तल्‍लो पोखरीमापानी जम्मा गरिस्।

10तैँले यरूशलेममा भवनहरू गनिस्,र पर्खाल बलियो पार्न घरहरू भत्काइस्।

11तैँले पुरानो कुवाको पानीको निम्तिदुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्,तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्;अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्।

12त्यस दिन प्रभु, सेनाहरूका याहवेहलेतँलाई त्यससित रुन र विलाप गर्न,आफ्नो केश लुछ्नर भाङ्ग्रा लगाउन बोलाउनुभयो।

13तर हेर, आनन्द र रमाहट,पशुहरू संहार गर्ने र भेडाहरू मार्ने,मासु खाने र मद्य पिउने काम भइरहेछ!तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ;किनकि भोलि त हामी मर्नेछौँ!”

14सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

15प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:“जा, त्यस भण्डारेलाई,राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्:

16तँ यहाँ के गर्दैछस्, र तँलाईयहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो?यस उचाइमा आफ्नो चिहान खोप्ने,र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्?

17“होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ;अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ।

18उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ;अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्‍र्याइदिनुहुनेछ।त्यहीँ नै तँ मर्नेछस्,र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्,र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ!

19म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु,र तँ आफ्नो पदबाट निकालिनेछस्।

20“त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु। 21म त्यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्‍नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ। 22म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्‍न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन। 23म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ। 24आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”

25सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]