Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 6 ONCV

Side by side with the Father's Heart Bible™

पश्‍चात्ताप नगर्ने इस्राएल

1“आओ, हामी याहवेहतिर फर्कौँ।उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ,तर उहाँले हामीलाई निको पार्नुहुनेछ;उहाँले हामीलाई चोट पार्नुभएको छ,तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।

2दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ;तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ,र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।

3हामी याहवेहलाई स्वीकार गरौँ;हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ।निश्‍चय नै सूर्य उदाएझैँउहाँ देखा पर्नुहुनेछ;उहाँ हामीकहाँ हिउँदको झरीझैँर पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”

4“हे एफ्राइम, म तँलाई के गरूँ?हे यहूदा, म तँलाई के गरूँ?तेरो प्रेम बिहानको कुइरोझैँर मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।

5यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु;मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु;त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।

6किनकि म बलिदान होइन, तर दया चाहन्छु,र होमबलिहरूभन्दा परमेश्‍वरलाई चिनेको म चाहन्छु।

7आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्;तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्।

8गिलाद दुष्‍ट मानिसहरूको सहर हो,र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।

9जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्,त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्;आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्नतिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।

10मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु:त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ,इस्राएल अपवित्र पारिएको छ।

11“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा,हे यहूदा, तेरो निम्ति पनिकटनीको समय तोकिएको छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]