Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 14 ONCV

Side by side with the Father's Heart Bible™

आशिष् ल्याउनका लागि पश्‍चात्ताप

1हे इस्राएल, याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्की।तेरा पापहरू नै तेरा पतनका कारण हुन्!

2आफूसँग वचनहरू लिएरयाहवेहतिर फर्क।उहाँलाई भन:“हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्,र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्,ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।

3अश्शूर देशले हामीलाई बचाउन सक्दैन;हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ।हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई‘हाम्रा देवताहरू’ भन्‍ने छैनौँ;किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”

4“म तिनीहरूको पथभ्रष्‍टतालाई निको पार्नेछु,र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु;किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।

5म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु;त्यो लिली फूलझैँ फुल्नेछ।लेबनानको देवदारुझैँत्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;

6त्यसका कलिला मुनाहरू बढ्नेछन्।त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ,र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।

7मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्;तिनीहरू अन्‍नझैँ लहलहाउने छन्;तिनीहरू दाखको बोटझैँ फक्रनेछन्;इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।

8हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम?म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु।म हरियो धूपी सल्‍लाको रूखझैँ छु;तेरो फल मबाट नै आउँछ।”

9बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्।समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्।याहवेहका मार्गहरू ठिक छन्;धर्मी जनहरू त्यसैमा हिँड्छन्,तर विद्रोहीहरूले भने त्यसैमा ठक्‍कर खान्छन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]