Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Joel 1 ONCV

Side by side with the Father's Heart Bible™

1पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।

सलहको आक्रमण

2हे प्रधानहरू हो, यो कुरा सुन;यस देशमा बस्‍ने सबैले सुन।के तिमीहरूका समयमाअथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?

3तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन,र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्;अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।

4जे सलहको झुण्डले छोडेको थियो,ती ठूला सलहहरूले खाइदिए;जे ठूला सलहहरूले छोडेका थिए,ती साना सलहहरूले खाइदिए;जे साना सलहहरूले छोडेका थिए,ती अरू सलहहरूले खाइदिए।

5जाग, हे मतवालाहरू हो, र रोओ!हे सबै मद्य पिउनेहरू हो, विलाप गर;नयाँ मद्यको कारण विलौना गर;किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।

6एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ,जसका अनगन्ती शक्तिशाली सेना छन्;तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्;तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।

7त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ,र मेरा नेभाराका रूखहरू नष्‍ट गरेको छ।त्यसले हाँगाहरूलाई लाछेको छ,र बोक्राहरू लाछेर फ्याँकिदिएको छ;हाँगाहरूलाई सेतै पारिदिएको छ।

8आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति,शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।

9याहवेहको भवनबाटअन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।याहवेहको सामु सेवा गर्नेपुजारीहरू शोक गरिरहेका छन्।

10खेतहरू ध्वस्त पारिएका छन्,र जमिन सुक्खा भएको छ;अन्‍न नष्‍ट भएको छ,नयाँ दाखमद्य सुकेको छ;अनि जैतुनको तेल समाप्‍त भएको छ।

11हे किसानहरू हो, निराश होओ।दाखबारीका किसानहरू, विलौना गर;गहुँ र जौको निम्ति शोक गर;किनकि खेतबारीको फसल नष्‍ट भएको छ।

12दाखको बोट सुकेको छ,र नेभाराको रूख ओइलाएको छ;अनार, खजूर र स्याउका रूखहरू,खेतबारीका सबै रूखहरू सुकेका छन्।निश्‍चय नै मानिसकोआनन्दको अन्त्य भएको छ।

पश्‍चात्तापको निम्ति आह्वान

13हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर;हे वेदीका सेवकहरू हो, विलौना गर।तिमीहरू जसले मेरा परमेश्‍वरको अगि सेवा गर्छौ,आओ, भाङ्ग्रा लगाएर रात कटाओ;किनकि याहवेहको भवनबाटअन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।

14पवित्र उपवासको घोषणा गर;पवित्र सभाको घोषणा गर।अगुवाहरूलाई बोलाओर यस देशमा बस्‍नेहरू सबैलाईतिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ,र याहवेहलाई पुकार।

15हाय! त्यो दिन,किनकि याहवेहको दिन नजिक छ;त्यो दिन सर्वशक्तिमान् परमेश्‍वरबाट विनाशझैँ आउनेछ।

16के हाम्रा आँखाकै सामुखानाहरू नष्‍ट गरिएको छैन र?आनन्द र हर्षपरमेश्‍वरको भवनमा बन्द गरिएको छैन र?

17माटोका डल्‍लामुनि नैबिउहरू चाउरिएका छन्।भण्डारहरू उजाड भएका छन्,र अन्‍नका ढुकुटीहरू तोडिएका छन्;किनकि अन्‍न सुकेको छ।

18कष्‍टले पशुप्राणीहरू कराउँदैछन्!गाईबस्तुका बथानहरू विचलित भएका छन्;किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन;भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्।

19हे याहवेह, म तपाईंलाई पुकार्छु;किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ,र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।

20जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्;किनकि पानीका खोलाहरू सुकेका छन्,र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]