सलहहरूको एक सेना
1सियोनमा तुरही फुक;मेरो पवित्र पर्वतमा खतराको घण्टी बजाओ।यहूदामा रहने सबै मानिसहरू थरथर कामून्,किनकि याहवेहको दिन आउँदैछ।त्यो दिन अति नजिकै छ—
2अन्धकारमय र उदासी दिन,कालो बादल र अँध्यारोले ढाकेको दिन।झिसमिसे बिहानी पर्वतहरूतिर फैलिँदै गएजस्तोएउटा शक्तिशाली र विशाल सेना आउँछ;यस्तो त पहिले कहिल्यै भएको थिएन,न त आउने युगहरूमा नै यस्तो हुनेछ।
3तिनीहरूका अगि आगोले भस्म पार्छ;तिनीहरूका पछि आगोको ज्वाला दन्कन्छ।तिनीहरूका अगि भूमि अदनको बगैँचाजस्तै छ;तिनीहरूका पछि एउटा उजाड मरुभूमिजस्तै छ,अर्थात् तिनीहरूबाट कोही उम्कन सक्नेछैनन्।
4तिनीहरू घोडाहरूजस्ता देखिन्छन्;तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्।
5रथहरूका आवाजसँगैपराल भस्म गर्नलाई दन्केको आगोजस्तै,युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै,तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्।
6यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्;प्रत्येक अनुहार पहेँलो हुन्छ।
7तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्;तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्।तिनीहरू सबै मोर्चा बाँधेर पङ्क्तिमा अगाडि बढ्छन्;तिनीहरू आफ्नो पङ्क्तिबाट हट्दैनन्,
8तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी,सीधा अगाडि बढ्छन्।तिनीहरू आफ्नो पङ्क्ति नबिगारीप्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्।
9तिनीहरू सहरभित्र जाइलाग्छन्;तिनीहरू पर्खालमाथि दौडन्छन्।तिनीहरू घरहरूमाथि चढ्छन्;तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्।
10तिनीहरूका सामु पृथ्वी थर्किन्छ;आकाश थरथर काम्छ,सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्;अनि ताराहरू पनि चम्कँदैनन्।
11याहवेह आफ्नो सेनाकोसामु चर्को सोरमा गर्जनुहुन्छ;उहाँका सेनाहरू अनगन्ती छन्,र उहाँका आज्ञापालन गर्ने सेनाहरू शक्तिशाली छन्।याहवेहको दिन महान् छ;यो अति डरलाग्दो छ।त्यो दिन कसले सहन सक्छ र?
पश्चात्तापको निम्ति बोलावट
12“अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ,“तिमीहरूको सारा हृदयले,उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”
13तिमीहरूको कपडा होइन,तर आफ्नो हृदय फटाओ।अनि याहवेह तिमीहरूका परमेश्वरतिर फर्क;किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ,रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ;अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
14कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला;र प्रशस्त आशिष् दिनुहोला,अनि तिमीहरूले आफ्ना परमेश्वर याहवेहको निम्तिफेरि अन्नबलि र अर्घबलिहरू चढाउन सकौला।
15सियोन पर्वतमा तुरही फुक,र पवित्र उपवासको घोषणा गर;पवित्र महासभा बोलाओ।
16मानिसहरू भेला गर,महासभालाई शुद्ध गर;बुढापाकाहरूलाई एकसाथ जम्मा गर,र केटाकेटीहरूलाई भेला गर;अनि दुधे बालकहरूलाई पनि जम्मा गर।दुलहाले आफ्नो कोठा छोडोस्र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।
17याहवेहको सामु सेवा गर्ने पुजारीहरू,मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्।तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्।तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्लाको पात्र बन्न नदिनुहोस्,राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्।मानिसहरूले किन यसो भन्ने मौका पाउन्,‘तिनीहरूका परमेश्वर कहाँ छन्?’ ”
याहवेहको जवाफ
18त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो,र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो।
19याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो:“म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु,तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्त हुनेछौ;म तिमीहरूलाई अरू राष्ट्रहरूका सामुफेरि कहिल्यै पनि गिल्लाको पात्र हुन दिनेछैन।
20“म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु,त्यसलाई रुखो, उजाड र बाँझो देशमा धपाउनेछु,यसको पूर्वीय सेनालाई पूर्वको मृत सागरमार पश्चिमी सेनालाई पश्चिमको महासागरमा डुबाइदिनेछु।अनि त्यसको गन्धमाथि उठ्नेछ;त्यसको दुर्गन्ध सबैतिर फैलिनेछ।”निश्चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
21हे यहूदाको देश, भयभीत नहो;हर्षित र आनन्दित हो।निश्चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
22हे जङ्गली जनावरहरू हो, नडराओ;किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्।रूखहरूमा फलहरू फल्दैछन्;नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्।
23हे सियोनका मानिसहरू हो, हर्षित होओ,तिमीहरूका परमेश्वर याहवेहमा रमाओ;किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ;किनभने उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ।उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ,शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ।
24तिमीहरूका खलाहरू अन्नले भरिनेछन्;कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्।
25“म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु—जुन ठूला सलहहरू र जवान सलहहरूले,अथवा अरू सलहहरूका हुलहरूले,अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए।
26तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ;अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरको नामको प्रशंसा गर्नेछौ,जसले तिमीहरूका निम्ति अद्भुत कार्यहरू गर्नुभएको छ;अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
27त्यसपछि तिमीहरूले जान्नेछौ, कि म इस्राएलमा छु,म याहवेह नै तिमीहरूका परमेश्वर हुँ;अनि मबाहेक कोही पनि परमेश्वर छैन;मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
याहवेहको दिन
28“अनि यसपछि,म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्;तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्;तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
29ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू,स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
30म आकाशमा र पृथ्वीमाअद्भुत कार्यहरू देखाउनेछु;रगत, आगो र धुवाँका मुस्लाहरू।
31याहवेहको महान् र डरलाग्दो दिन आउनअगिसूर्य अन्धकारमा परिवर्तन हुनेछ,र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
32अनि याहवेहको नाम पुकार्नेहरेक मानिसले उद्धार पाउनेछ;किनकि सियोन पर्वतमार यरूशलेममा छुटकारा हुनेछ,जसरी याहवेहले भन्नुभएको छ,बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्;जसलाई याहवेहले बोलाउनुहुन्छ।