Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Joel 2 ONCV

Show ONCV only
Verse × ×
1 Blow the ram's horn in Zion; sound the alarm on my holy mountain! Let all who live in the land tremble, for the day of our Father is coming—it is near: सियोनमा तुरही फुक; मेरो पवित्र पर्वतमा खतराको घण्टी बजाओ। यहूदामा रहने सबै मानिसहरू थरथर कामून्, किनकि याहवेहको दिन आउँदैछ। त्यो दिन अति नजिकै छ—
2 A day of darkness and gloom, a day of clouds and thick darkness. Like dawn spreading across the mountains, a great and mighty army comes—nothing like it has ever been before, and nothing like it will ever come again. अन्धकारमय र उदासी दिन, कालो बादल र अँध्यारोले ढाकेको दिन। झिसमिसे बिहानी पर्वतहरूतिर फैलिँदै गएजस्तो एउटा शक्तिशाली र विशाल सेना आउँछ; यस्तो त पहिले कहिल्यै भएको थिएन, न त आउने युगहरूमा नै यस्तो हुनेछ।
3 Before them fire devours, and behind them a flame blazes. The land before them is like the garden of Eden, but behind them a desolate wilderness—and nothing escapes them. तिनीहरूका अगि आगोले भस्म पार्छ; तिनीहरूका पछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका अगि भूमि अदनको बगैँचाजस्तै छ; तिनीहरूका पछि एउटा उजाड मरुभूमिजस्तै छ, अर्थात् तिनीहरूबाट कोही उम्कन सक्नेछैनन्।
4 They look like horses; like war horses they charge. तिनीहरू घोडाहरूजस्ता देखिन्छन्; तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्।
5 Like the rumbling of chariots they leap over the mountaintops, like the crackling of flame consuming stubble, like a mighty army drawn up for battle. रथहरूका आवाजसँगै पराल भस्म गर्नलाई दन्केको आगोजस्तै, युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै, तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्।
6 Before them peoples writhe in anguish; every face grows pale. यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्; प्रत्येक अनुहार पहेँलो हुन्छ।
7 Like warriors they charge; like soldiers they scale the wall. Each marches in line, never swerving from its course. तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। तिनीहरू सबै मोर्चा बाँधेर पङ्‌क्तिमा अगाडि बढ्छन्; तिनीहरू आफ्नो पङ्‌क्तिबाट हट्दैनन्,
8 They do not jostle one another; each keeps to its own path. They burst through the weapons and are not halted. तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी, सीधा अगाडि बढ्छन्। तिनीहरू आफ्नो पङ्‌क्ति नबिगारी प्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्।
9 They rush upon the city; they run along the wall. They climb into the houses; through the windows they enter like a thief. तिनीहरू सहरभित्र जाइलाग्छन्; तिनीहरू पर्खालमाथि दौडन्छन्। तिनीहरू घरहरूमाथि चढ्छन्; तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्।
10 Before them the earth quakes, the heavens tremble. The sun and moon grow dark, and the stars no longer shine. तिनीहरूका सामु पृथ्वी थर्किन्छ; आकाश थरथर काम्छ, सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; अनि ताराहरू पनि चम्कँदैनन्।
11 Our Father raises his voice at the head of his army; his camp is very great, and mighty are those who carry out his word. The day of our Father is great and utterly terrifying—who can endure it? याहवेह आफ्नो सेनाको सामु चर्को सोरमा गर्जनुहुन्छ; उहाँका सेनाहरू अनगन्ती छन्, र उहाँका आज्ञापालन गर्ने सेनाहरू शक्तिशाली छन्। याहवेहको दिन महान् छ; यो अति डरलाग्दो छ। त्यो दिन कसले सहन सक्छ र?
12 "Yet even now," declares our Father, "return to me with all your heart, with fasting, with weeping, and with mourning. “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”
13 "Tear your hearts, not your garments. Return to your Father, for he is gracious and compassionate, slow to anger and abounding in covenant love, and he relents from sending disaster. तिमीहरूको कपडा होइन, तर आफ्नो हृदय फटाओ। अनि याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्क; किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ, रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ; अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
14 Who knows? He may turn and relent and leave behind a blessing—a grain offering and a drink offering for your Father." कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला; र प्रशस्त आशिष् दिनुहोला, अनि तिमीहरूले आफ्ना परमेश्‍वर याहवेहको निम्ति फेरि अन्‍नबलि र अर्घबलिहरू चढाउन सकौला।
15 Blow a shofar in Zion; consecrate a fast; call a sacred assembly. सियोन पर्वतमा तुरही फुक, र पवित्र उपवासको घोषणा गर; पवित्र महासभा बोलाओ।
16 Gather the people; consecrate the assembly; bring together the elders; gather the children, even the infants nursing at the breast. Let the bridegroom come out of his room, and the bride from her chamber. मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।
17 Let the priests who minister before our Father weep between the portico and the altar. Let them say, "Spare your people, our Father, and do not make your inheritance an object of scorn, a byword among the nations. Why should they say among the peoples, 'Where is their God?'" याहवेहको सामु सेवा गर्ने पुजारीहरू, मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्। तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्। तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्‍लाको पात्र बन्‍न नदिनुहोस्, राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्। मानिसहरूले किन यसो भन्‍ने मौका पाउन्, ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्?’ ”
18 Then our Father became jealous for his land and took pity on his people. त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो।
19 Our Father answered his people: "Look, I am sending you grain, new wine, and oil, and you will be satisfied with them. Never again will I make you an object of scorn among the nations." याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्‍त हुनेछौ; म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु फेरि कहिल्यै पनि गिल्‍लाको पात्र हुन दिनेछैन।
20 "I will drive the northern army far from you, pushing it into a parched and desolate land—its front ranks into the Dead Sea and its rear into the Mediterranean Sea. Its stench will rise; its foul smell will go up, for it has done monstrous things. “म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु, त्यसलाई रुखो, उजाड र बाँझो देशमा धपाउनेछु, यसको पूर्वीय सेनालाई पूर्वको मृत सागरमा र पश्‍चिमी सेनालाई पश्‍चिमको महासागरमा डुबाइदिनेछु। अनि त्यसको गन्धमाथि उठ्नेछ; त्यसको दुर्गन्ध सबैतिर फैलिनेछ।” निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
21 Don't be afraid, land; rejoice and be glad, for our Father has done great things! हे यहूदाको देश, भयभीत नहो; हर्षित र आनन्दित हो। निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
22 Do not be afraid, you animals of the field, for the pastures of the wilderness are turning green; the tree bears its fruit; the fig tree and the vine yield their riches. हे जङ्गली जनावरहरू हो, नडराओ; किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्। रूखहरूमा फलहरू फल्दैछन्; नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्।
23 Be glad, children of Zion, and rejoice in your Father, for he has given you the autumn rain to show his faithfulness; he sends down for you abundant showers, the autumn and the spring rains, as before. हे सियोनका मानिसहरू हो, हर्षित होओ, तिमीहरूका परमेश्‍वर याहवेहमा रमाओ; किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ; किनभने उहाँ विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ, शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ।
24 The threshing floors will be full of grain; the vats will overflow with new wine and oil. तिमीहरूका खलाहरू अन्‍नले भरिनेछन्; कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्।
25 I will repay you for the years the locusts have eaten—the swarming locust, the young locust, the destroying locust, and the cutting locust—my great army that I sent among you. “म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु— जुन ठूला सलहहरू र जवान सलहहरूले, अथवा अरू सलहहरूका हुलहरूले, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए।
26 You will eat your fill and be satisfied, and you will praise the name of your Father, who has dealt wondrously with you; and never again will my people be put to shame. तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका निम्ति अद्‌भुत कार्यहरू गर्नुभएको छ; अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
27 Then you will know that I am in the midst of Israel, and that I am your Father, and there is no other; and never again will my people be put to shame. त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि म इस्राएलमा छु, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; अनि मबाहेक कोही पनि परमेश्‍वर छैन; मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
28 "And afterward, I will pour out my Spirit on all flesh. Your sons and your daughters will prophesy, your old men will dream dreams, your young men will see visions. “अनि यसपछि, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्; तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्; तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
29 Even on the male servants and the female servants in those days I will pour out my Spirit. ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
30 I will show wonders in the heavens and on the earth—blood and fire and columns of smoke. म आकाशमा र पृथ्वीमा अद्‌भुत कार्यहरू देखाउनेछु; रगत, आगो र धुवाँका मुस्लाहरू।
31 The sun will be turned to darkness and the moon to blood before the great and awesome day of our Father comes." याहवेहको महान् र डरलाग्दो दिन आउनअगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
32 And this will happen: everyone who calls on the name of the Lord will be saved; for on Mount Zion and in Jerusalem there will be deliverance, as our Father has said, among the survivors whom our Father calls. अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्‍नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]