Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Joel 3 ONCV

Show ONCV only
Verse × ×
1 "For look, in those days and at that time, when I restore the fortunes of Judah and Jerusalem, “ती दिनहरूमा र त्यस समयमा, जब म यहूदा र यरूशलेमका समृद्धिहरू फर्काउँछु,
2 I will gather all the nations and bring them down to the Valley of Jehoshaphat. There I will judge them on behalf of my people, my inheritance Israel, whom they scattered among the nations; for they divided up my land, तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल ल्याउनेछु। त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे।
3 and they cast lots for my people. They traded a boy for a prostitute, and sold a girl for wine to drink. तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले, वेश्यावृत्तिको निम्ति केटाहरूको व्यापार गरे; तिनीहरूले दाखमद्यको निम्ति केटीहरूलाई बेचे।
4 "Now what do you have against me, Tyre and Sidon, and all the regions of Philistia? Are you repaying me for something I have done? If you are paying me back, I will swiftly and speedily bring what you have done back on your own heads. “अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु।
5 For you took my silver and my gold and carried my finest treasures into your temples. किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ।
6 You sold the people of Judah and Jerusalem to the Greeks, to send them far away from their own land. तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई आफ्ना मातृभूमिदेखि टाढा पठाउन ग्रीकहरूका हातमा बेचेका छौ।
7 "But look, I am rousing them from the place to which you sold them, and I will bring what you have done back on your own heads. “हेर, तिमीहरूले तिनीहरूलाई बेचेको ठाउँदेखि, म तिनीहरूलाई फिर्ता ल्याउनेछु; अनि तिमीहरूले जे गरेका छौ, त्यो म तिमीहरूका टाउकोमा खन्याइदिनेछु।
8 I will sell your sons and daughters to the people of Judah, and they will sell them to the Sabeans, to a nation far away—for our Father has spoken." म तिमीहरूका छोरा र छोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु; अनि तिनीहरूले यिनीहरूलाई एउटा टाढाको राष्ट्र शबीहरूको हातमा बेचिदिनेछन्।” याहवेहले बोल्नुभएको छ।
9 Proclaim this among the nations: Prepare for war! Rouse the warriors! Let all the fighting men draw near and come up. राष्ट्रहरूका बीचमा यो घोषणा गर: युद्धको निम्ति तयारी गर! शूरवीरहरूलाई आह्वान गर! सारा लडाकु योद्धाहरू नजिक आऊन् र आक्रमण गरून्।
10 Beat your plowshares into swords and your pruning hooks into spears; let the weakling say, "I am a warrior." तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार र हँसियाहरूलाई भाला बनाओ। कमजोर मानिसहरूले भनून्, “म बलियो छु!”
11 Hurry and come, all you surrounding nations, and gather yourselves there. Bring down your warriors, our Father. चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; अनि त्यहाँ एकसाथ भेला होओ। हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्!
12 "Let the nations rouse themselves and come up to the Valley of Jehoshaphat; for there I will sit to judge all the surrounding nations. “राष्ट्रहरू तयार होऊन्; तिनीहरू यहोशापातको बेँसीतिर अगि बढून्; किनकि चारैतिरबाट आएका सारा राष्ट्रहरूलाई न्याय गर्न म त्यहाँ न्यायआसनमा बस्‍नेछु।
13 Swing the sickle, for the harvest is ripe. Come, trample, for the winepress is full and the vats overflow—for their wickedness is great." हँसिया लगाओ, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई कुल्च; किनकि दाखले कोल भरिएको छ, र घैलाहरू भरिएर पोखिन्छन्; किनकि तिनीहरूको दुष्‍टता ठूलो छ!”
14 Multitudes, multitudes in the valley of decision! For the day of our Father is near in the valley of decision. फैसला गरिने बेँसीमा भीडका भीड मानिसहरू छन्! किनकि फैसलाको बेँसीमा याहवेहको दिन नजिक छ।
15 The sun and the moon grow dark, and the stars hold back their light. सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्, र ताराहरू अब उसो चम्कने छैनन्।
16 Our Father roars from Zion and raises his voice from Jerusalem; the heavens and the earth tremble. But our Father is a refuge for his people, a stronghold for the children of Israel. सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ, र उहाँ यरूशलेमको सहरबाट पनि गर्जनुहुन्छ; पृथ्वी र आकाश थरथर काम्नेछन्। तर याहवेह आफ्ना मानिसहरूका निम्ति शरणस्थान र इस्राएलका मानिसहरूका निम्ति एउटा बलियो किल्‍ला हुनुहुनेछ।
17 "Then you will know that I am your Father, living in Zion, my holy mountain. Jerusalem will be holy, and foreigners will never pass through it again. “त्यसपछि तिमीहरूले जान्‍नेछौ, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरो पवित्र पर्वत, सियोनमा म वास गर्छु। यरूशलेम पवित्र हुनेछ; विदेशीहरूले फेरि कहिल्यै त्यसलाई आक्रमण गर्नेछैनन्।
18 "And in that day the mountains will drip with sweet wine, the hills will flow with milk, and all the streambeds of Judah will run with water. A spring will flow from my house and water the Valley of Acacias. “ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्; अनि डाँडाहरूमा दूध बहनेछ; यहूदाका सबै खोल्साहरूमा पानी बहनेछ। अनि याहवेहको भवनदेखि पानीको फोहोरा बगेर निस्कनेछ, र अखैयाको बेँसीलाई भिजाउनेछ।
19 Egypt will become a wasteland and Edom a desolate wilderness, because of the violence done to the people of Judah, in whose land they shed innocent blood. तर इजिप्ट उजाड हुनेछ, र एदोम उजाड मरुभूमि हुनेछ; किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए।
20 But Judah will be inhabited forever, and Jerusalem through all generations. यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्; अनि यरूशलेममा पुस्तौँ-पुस्तासम्म मानिसहरूको बसोबास हुनेछ।
21 I will cleanse the guilt of the blood shed against them—which I have not yet cleansed—for our Father dwells in Zion." के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ? अहँ, म छोड्नेछैनँ।” किनकि याहवेह सियोन पर्वतमा बास गर्नुहुन्छ!
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]