Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 56 ONCV

Side by side with the Father's Heart Bible™

सबै राष्ट्रहरूलाई आशिष्

1याहवेह यसो भन्‍नुहुन्छ:“न्याय पालना गर,जे ठिक छ, त्यही गर;किनकि मेरो उद्धार नजिकै छ,र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ।

2त्यो मानिस धन्यको हो, जसले यो गर्छ;त्यो मानिस, जसले यसलाई स्थिर राख्छ;जसले शब्बाथ दिनलाई अपवित्र नपारी पालन गर्छ,र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।”

3याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्,“याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।”कुनै नपुंसकले यस्तो नभनोस्,“म त एउटा सुकेको रूख मात्र हुँ!”

4किनकि याहवेह यसो भन्‍नुहुन्छ:“मेरा शब्बाथ दिनहरू पालन गर्ने,मैले मन पराएका कुराहरू चुन्‍ने,र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति—

5तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्रछोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु;र तिनीहरूलाई अझ असल नाम दिनेछु।म तिनीहरूलाई कहिल्यै नमेटिनेअनन्तको नाम दिनेछु।

6आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू,जसले उहाँको सेवा गर्ने,याहवेहको नामलाई प्रेम गर्नेर उहाँलाई आराधना गर्ने;शब्बाथ दिनलाई अपवित्र नगरी पालन गर्ने,र मेरो करारमा स्थिर रहनेहरू—

7तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु।म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु।तिनीहरूले मेरो वेदीमा चढाएकाहोमबलि र बलिदानहरू म ग्रहण गर्नेछु;किनकि मेरो घर सबै जातिहरूका लागिप्रार्थनाको घर हुनेछ।”

8इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुनेप्रभु याहवेह घोषणा गर्नुहुन्छ:“भेला गरिएकाहरूबाहेक म अझ अरूलाईतिनीहरूमा भेला गर्नेछु।”

दुष्‍टहरूको विरुद्ध परमेश्‍वरको अभियोग

9हे मैदानका सबै पशुहरू हो, आओ!हे वनका सबै पशुहरू हो, खानलाई आओ!

10इस्राएलका पहरेदारहरू अन्धा छन्;तिनीहरू सबैमा ज्ञानको अभाव छ;तिनीहरू सबै भुक्न नसक्नेलाटा कुकुरहरूजस्ता छन्;जो पल्टिरहने र सपना देख्नेहरू हुन्,र तिनीहरू सुत्न मात्र रुचाउँछन्।

11तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्;तिनीहरू कहिल्यै अघाउँदैनन्।तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्;सबै आफ्नै बाटो लाग्नेर आफ्नै लाभ खोज्नेहरू हुन्।

12प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ!हामी लट्ठ हुने गरी मद्यपान गरौँ!अनि भोलि आजको दिनजस्तै हुनेछ,झन् राम्रो हुनेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]