Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 55 ONCV

Side by side with the Father's Heart Bible™

तिर्खाएकाहरूलाई निमन्त्रणा

1“हे सबै तिर्खाएकाहरू हो,पानीनिर आओ;जससित धन छैन, तिमीहरू पनि आओ,र किनेर खाओ!आओ, विनाधन, विनामूल्यदाखमद्य र दूध किन!

2जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ;अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ?सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ,ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्।

3कान थाप र मकहाँ आओ;मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक।म तिमीहरूसित अनन्तको करार बाँध्नेछु;दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।

4हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु;मानिसहरूका शासक र सेनापति ठहराएको छु।

5निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ;अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारणतिमीहरूलाई नचिनेका जातिहरूतिमीहरूतिर हतारसाथ आउनेछन्;किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”

6जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!

7दुष्‍टले आफ्नो चाल,र अधर्मीले आफ्नो विचार त्यागोस्।तिनीहरू याहवेहतिर फर्कून्,र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ;अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्;किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।

8“किनकि मेरा विचार तिमीहरूका विचार होइनन्,न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्”याहवेह घोषणा गर्नुहुन्छ।

9“जसरी आकाश पृथ्वीभन्दा उच्‍च छ,त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्‍च छन्;अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्‍च छन्।

10जसरी वर्षा र हिउँआकाशबाट झर्छ,र पृथ्वीलाई नभिजाएसम्मर त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म,त्यसले छर्नेलाई बिउर खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;

11त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ:त्यो मकहाँ व्यर्थै फर्कनेछैन,तर त्यसले मैले इच्छा गरेको काम सम्पन्‍न गर्छ;अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्‍त गर्छ।

12तिमीहरू आनन्दमा जानेछौ,र शान्तिमा डोर्‍याइनेछौ;पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामुजोडसित गीत गाउनेछन्;अनि वनका रूखहरूलेताली बजाउनेछन्।

13काँडाहरूको सट्टा सल्‍लाका रूखहरू उम्रनेछन्;अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ;त्यो कुरा याहवेहको ख्यातिको निम्तिअनन्तको चिन्हको रूपमा हुनेछ,जुन सदाको निम्ति रहनेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]