Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 54 ONCV

Side by side with the Father's Heart Bible™

सियोनको भावी महिमा

1“हे बाँझी स्त्री, गीत गा!तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्;आनन्दसाथ र चर्को सोरमा करा;तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्;किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँपति भएकी स्त्रीको भन्दा धेरै छन्,”याहवेह भन्‍नुहुन्छ।

2“तेरो पालको ठाउँ बढा,आफ्नो पालको पर्दाहरू तन्का,बाँकी नराख्;तेरा डोरीहरू लामो पार्,तेरा किलाहरू बलियो पार्।

3किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्;तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्;अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।

4“नडरा, तँ शर्ममा पर्नेछैनस्।अपमानसित नडरा, तँ होच्याइनेछैनस्।तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्;अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।

5किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ;उहाँको नाम सेनाहरूका याहवेह हो;इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ;उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ।

6तेरा परमेश्‍वर भन्‍नुहुन्छ,त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँर जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँयाहवेहले तँलाई फेरि बोलाउनुहुनेछ।

7केही समयको लागि मैले तँलाई त्यागेको थिएँ,तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु।

8रिसको झोँकमा मैले आफ्नो अनुहारकेही समयको निम्ति तँदेखि लुकाएँ;तर अनन्तको करूणासहितम तँमाथि कृपा देखाउनेछु”याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ।

9“यो मेरो निम्ति नोआको समयजस्तै हो;किनभने नोआका समयमा पानीजस्तै फेरिपृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु।यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ;तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु।

10पहाडहरू हल्‍लाइएर डाँडाहरू हटाइए तापनितँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन,न त शान्तिको मेरो करार हटाइनेछ”तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।

11“हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर,म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु;तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु।

12म तेरा सुरक्षा पर्खालहरू लालमणिले,तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले,र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।

13तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्;अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।

14तँ धार्मिकतामा स्थापित गरिनेछस्:अत्याचार तँबाट टाढा रहनेछ;तँ कुनै कुरामा डराउनुपर्नेछैन।आतङ्क टाढा हटाइनेछ,र त्यो तेरो छेउ पर्नेछैन।

15यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन;तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ।

16“हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ,जसले कोइला फुकेर ज्वाला बनाउँछ,र काम गर्ने ठिक हतियार बनाउँछ।उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ;

17तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन;अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्।याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो,र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो”याहवेह घोषणा गर्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]