Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 53 ONCV

Side by side with the Father's Heart Bible™

1कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ?

2ऊ उहाँको सामु कलिलो टुसाजस्तो,र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो।ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन;उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।

3मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,दुःखित मानिस, जो कष्‍टसित परिचित थियो।ऊ त्योजस्तो थियो, जसलाई देखेरमानिसहरूले आफ्ना अनुहार लुकाउँछन्;ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।

4निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;अनि हाम्रा कष्‍टहरूलाई बोक्यो,तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको,उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।

5तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो;हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो;अनि उसका चोटहरूले हामी निको भयौँ।

6हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ।याहवेहले उसैमाथिहामी सबैका अपराधहरू राखिदिनुभएको छ।

7उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो,तर पनि उसले आफ्नो मुख खोलेन;उसलाई मारिन लगिएको थुमाझैँ लगियो;ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ,उसले आफ्नो मुख खोलेन।

8अत्याचार र न्यायद्वारा भएर ऊ लगियो।अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ?किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो;र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।

9उसको चिहान दुष्‍टहरूसित बनाइयो,तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो;किनकि उसले कुनै अत्याचार गरेको थिएन,न त उसको मुखमा कुनै छल नै थियो।

10तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो;याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनिउसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्;अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।

11उसको प्राणको कष्‍टपछिउसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ।आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ;अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।

12यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु;अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ;किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ;ऊ अधर्मीहरूसित गनियो।किनकि उसले चाहिँ धेरैको पाप बोक्यो,र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]