Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 52 ONCV

Side by side with the Father's Heart Bible™

1हे सियोन, जाग्, जाग्,तेरो बल धारण गर्।हे पवित्र सहर यरूशलेम,तेरो महिमाको पोशाक लगा;खतना नभएकाहरू र अशुद्धहरूतँभित्र फेरि पस्‍नेछैनन्।

2हे यरूशलेम, तेरो धुलो टक्टक्या;उठ्, र सिंहासनमा बस्।हे सियोनकी कैदी छोरीतेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।

3किनकि याहवेह यसो भन्‍नुहुन्छ:“तँ सित्तैँमा बेचिएकी थिइस्,र तँ रकमविना नै छुटाइनेछस्।”

4किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ:“सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए;अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो।

5“अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ।“किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्;अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,”याहवेह घोषणा गर्नुहुन्छ।“अनि दिनभरि नैमेरो नामको निन्दा लगातार भइरहन्छ।

6यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्;यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनीत्यस दिन तिनीहरूले जान्‍नेछन्।हो, त्यो म नै हुँ।”

7सुसमाचार ल्याउनेहरू,शान्ति घोषणा गर्नेहरू,उद्धार घोषणा गर्नेहरू,सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!”सुसमाचार ल्याउनेहरूका पाउपहाडहरूहुँदो कति सुन्दर!

8सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्;तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्।जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ,तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्।

9हे यरूशलेमका भग्नावशेषहरू हो,आनन्दका गीतहरू जोडसित एकसाथ गाओ;किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ;उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।

10सबै जातिहरूले देख्ने गरीयाहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ;पृथ्वीको पल्‍लो छेउका मानिसहरूलेहाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्।

11गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल!कुनै अशुद्ध थोक नछोओ!तिमीहरू जो याहवेहका पात्र बोक्छौ,त्यसबाट निस्केर आओ र शुद्ध होओ!

12तर तिमीहरू हतार-हतार गरी जानेछैनौ;अनि न त भागेर जानेछौ;किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ,र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।

सेवकको कष्‍ट र गौरव

13हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ;ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।

14जसरी उसदेखि धेरै जना चकित थिए—उसको अनुहार चिन्‍नै नसकिने गरीर उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—

15त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ;उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्।किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्;तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]