सियोनको निम्ति अनन्तको उद्धार
1“हे धार्मिकताको पछि लाग्नेहरूर याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन:तिमीहरू जुन चट्टानबाट निकालिएकार जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर।
2तिमीहरूका पुर्खा अब्राहाम,र तिमीहरूलाई जन्माउने सारालाई हेर।मैले उसलाई बोलाउँदा ऊ एकलै थियो;अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ।
3निश्चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ,र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ;उहाँले त्यसका मरुभूमिहरूलाईअदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ।अनि त्यसमा आनन्द, खुशीयाली,धन्यवाद र गीतको ध्वनि पाइनेछन्।
4“हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ;हे मेरो जाति हो, मेरो कुरा सुन:मबाट व्यवस्था निस्कनेछ;मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ।
5मेरो धार्मिकता नजिक छ,मेरो उद्धार आउँदैछ;अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ।टापुहरूले मतिर हेर्नेछन्,र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्।
6तिमीहरूका आँखा आकाशतिर उठाओ,तल पृथ्वीमा हेर;आकाश धुवाँझैँ लोप भइजानेछ;पृथ्वी लुगाझैँ मक्किएर जानेछ,र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्।तर मेरो उद्धार सदासर्वदा रहनेछ;मेरो धार्मिकता कहिल्यै चुक्नेछैन।
7“जे असल छ, त्यो जान्नेहरूर तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन।मानिसहरूका बदनामदेखि नडराओ,न त तिनीहरूको अपमानदेखि भयभीत होओ।
8किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्;अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्।तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ;मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।”
9जाग, जाग! हे याहवेहको बाहुली,आफैँलाई शक्ति धारण गर;बितेका समयमा झैँ,पुराना पुस्ताहरूमा झैँ जाग!के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्न?जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो।
10के तपाईं त्यही हुनुहुन्न? जसले समुद्र सुकाउनुभयो,अथाह समुद्रको पानी सुकाउनुभयो;अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्तिसमुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो?
11याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्।तिनीहरू सियोनमा गाउँदै पस्नेछन्;तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ।तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्;अनि दुःख र सुस्केरा हराएर जानेछन्।
12“म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु।मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउनेमानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ?
13तिमीहरू आफ्नो सृष्टिकर्ता याहवेहलाई भुल्छौ,जसले आकाश फिँजाउनुभयोर पृथ्वीका जगहरू बसाल्नुभयो;तिमीहरूलाई नाश गर्न इच्छुक रहनेअत्याचारीहरूका क्रोधसिततिमीहरू दिनहुँ डराएर बस्छौ?ती अत्याचारीहरूका क्रोध कहाँ छ?
14डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्;तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्,न त तिनीहरूलाई रोटीको अभाव हुनेछ।
15किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ,जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्;जसको नाम सेनाहरूका याहवेह हो।
16मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु;अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु;मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु,जसले पृथ्वीको जग बसालेको छु,र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ ”
याहवेहको क्रोधको कचौरा
17जाग्, जाग्!हे यरूशलेम उठ्,तिमीहरू जसले याहवेहको हातबाट,उहाँको क्रोधको कचौरा पिएका छौ;तिमीहरू जसले कचौरामा भएको धरमराइदिने मद्यपूरै पिएर रित्याएका छौ।
18त्यसले जन्माएका छोराहरूमध्येत्यसलाई अगुवाइ गर्ने कोही पनि थिएन;त्यसले हुर्काएका छोराहरूमध्येत्यसको हात समात्ने कोही पनि थिएन।
19यी दुवै विपत्तिहरू तँमाथि आएका छन्—तँलाई कसले सान्त्वना दिन सक्छ?विध्वंश र सर्वनाश, अनिकाल र तरवार—कसले तँलाई सान्त्वना दिन सक्छ र?
20तेरा छोराहरू बेहोस छन्;तिनीहरू पासोमा परेका मृगझैँहरेक गल्लीका कुनामा पल्टिरहेका छन्।तिनीहरू याहवेहको क्रोध,र तेरा परमेश्वरको हप्कीले भरिएका छन्।
21यसकारण यो कुरा सुन्, तँ दुःखितर दाखमद्यविना मात्तिएकी होस्।
22आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने,तेरा सर्वशक्तिमान् परमेश्वर, प्रभु याहवेह यसो भन्नुहुन्छ:“हेर्, तँलाई धरमराइदिने कचौरालाईमैले तेरो हातबाट निकालिदिएको छु;त्यस कचौराबाट, मेरो क्रोधको कचौराबाटतैँले फेरि कहिल्यै पिउनेछैनस्।
23तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु,जसले तँलाई भने,‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ,हिँड्नलाई सडकझैँ बनाइस्।”