Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 50 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलको पाप र सेवकको आज्ञाकारिता

1याहवेह यसो भन्‍नुहुन्छ:“मैले तेरी आमासितै पठाइदिएकोत्यसको त्यागपत्र कहाँ छ?अथवा तँलाई मैलेकुन ऋणदाताकहाँ बेचेँ?तेरा पापहरूको कारण तँ बेचिएको थिइस्;तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्।

2म आउँदा किन कोही थिएन?मैले बोलाउँदा किन जवाफ दिने कोही मानिस थिएन?के मेरो हात तँलाई छुटाउन नसक्ने गरी साह्रै छोटो थियो?के तँलाई बचाउने शक्ति मसित छैन र?मेरो एउटा हप्कीले म समुद्र सुकाउन सक्छु,म नदीलाई मरुभूमि बनाउन सक्छु;पानीको कमीले गर्दा माछाहरू कुहिन्छन्र तिर्खाले मर्छन्।

3म आकाशलाई अन्धकारले ढाक्छु,र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।”

4थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्तिप्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ।उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ,मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।

5प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ,म बागी भएको छैनँ;म पछि हटेको छैनँ।

6मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ,मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ;गिल्‍ला र थुकाइदेखिमैले आफ्नो अनुहार लुकाइनँ।

7प्रभु याहवेहले मलाई सहायता दिनुभएकोलेम अपमानित हुनेछैनँ।यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु,र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।

8मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ।यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र?हामी एक-आपसको सामना गरौँ!मलाई दोष लगाउने को हो?त्यसले मेरो सामना गरोस्!

9मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ।कसले मलाई दोषी ठहराउँछ?तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्;तिनीहरूलाई किराहरूले खाइदिनेछन्।

10तिमीहरूमा कसले याहवेहको डर मान्छर उहाँको सेवकका कुराहरू कसले पालन गर्छ?अन्धकारमा हिँड्ने,जससित ज्योति छैन,याहवेहको नाममा विश्‍वास राखोस्,र उसको परमेश्‍वरमाथि भरोसा राखोस्।

11तर अब तिमीहरू जसले आगो बाल्छौ,र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ,जाओ र आफ्नो आगोका उज्यालोमातिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड।तिमीहरूले मेरो हातबाट यही पाउनेछौ;तिमीहरू यातनामा रहिरहनेछौ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]