याहवेहको सेवक
1हे टापुहरू हो, मेरो कुरा सुन;हे टाढाका जातिहरू हो, यो सुन;म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो;म आमाको गर्भमा हुँदादेखि नैउहाँले मलाई नाम दिनुभयो।
2उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो;उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो;उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो,र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।
3उहाँले मलाई भन्नुभयो, “तँ मेरो सेवक इस्राएल होस्,जसमा म आफ्नो महिमा प्रकट गर्छु।”
4तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु;मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु।तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ;अनि मेरो पुरस्कार मेरा परमेश्वरसित छ।”
5यसैले अब याहवेह भन्नुहुन्छ—उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन,र इस्राएललाई आफूकहाँ भेला गराउन,मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो;किनकि म याहवेहको दृष्टिमा सम्मानित भएको छु,र मेरा परमेश्वर नै मेरो बल हुनुभएको छ।
6उहाँ भन्नुहुन्छ:“याकोबका कुलहरूलाई पुनर्स्थापित गर्नर मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्तितँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो।मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेरम तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।”
7जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे—उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्वर—त्यो शासकहरूका सेवकलाई,याहवेह पवित्र परमेश्वर भन्नुहुन्छ:“राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्;अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्;किनभने विश्वासयोग्य याहवेह,इस्राएलका पवित्र परमेश्वरले तँलाई चुन्नुभएको छ।”
इस्राएलको पुनर्स्थापन
8याहवेह यसो भन्नुहुन्छ:“मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु,र उद्धारको दिन म तँलाई सहायता गर्नेछु;म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु;मानिसहरूका निम्ति एउटा करार बनाउन,देशलाई पुनर्स्थापन गर्न,र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
9कैदीहरूलाई ‘बाहिर आओ’र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्न।“तिनीहरू बाटोका किनारमा खानेछन्र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्।
10तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्,न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ।तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ,र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्याउनुहुनेछ।
11म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु,र मेरा राजमार्गहरू उच्च पारिनेछन्।
12हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्—कोही उत्तरबाट, कोही पश्चिमबाट,र कोही सीनीम देशबाट आउनेछन्।”
13हे आकाश, आनन्दले करा;हे पृथ्वी, हर्ष मना;हे पर्वतहरू हो, चर्को सोरले गा!किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ;अनि कष्ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ।
14तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ,प्रभुले मलाई भुल्नुभएको छ।”
15“के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र?त्यसले भुल्न पनि सक्छे,तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
16हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु;तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।
17तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्,र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्।
18तेरा आँखाहरू उचालेर चारैतिर हेर्;तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्।म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ,“तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्;अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्।
19“यद्यपि तँ नष्ट र उजाड पारिएको थिइस्र तेरो देश रुखो पारिएको थियो;अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्,र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्।
20तेरो शोकको समयमा जन्मेका बालबच्चाहरूलेतैँले सुन्ने गरी‘यो ठाउँ हामीलाई साह्रै सानो भयो;हामीलाई अझ धेरै बस्ने ठाउँ देओ’ भन्नेछन्।
21तब तैँले आफ्ना हृदयमा भन्नेछस्,‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए?म त शोकित र बाँझी थिएँ;म देशबाट निकालिएकी र त्यागिएकी थिएँ।यिनीहरूलाई कसले हुर्काए?म एकलै छोडिएकी थिएँ,तर यिनीहरू कहाँबाट आए?’ ”
22प्रभु याहवेह यसो भन्नुहुन्छ:“हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु;म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु;तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्,र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्।
23राजाहरू तेरा स्याहार गर्ने बुबार रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्।तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्याएर दण्डवत् गर्नेछन्;तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्।तब तैँले म नै याहवेह हुँ, भनी जान्नेछस्;ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।”
24के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ,अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ?
25तर याहवेह यसो भन्नुहुन्छ:“हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्,र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ;तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु;अनि तेरा बालबच्चाहरूलाई म बचाउनेछु।
26तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु;मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्।तब सबै मानव जातिले जान्नेछन्, किम याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने,याकोबको सर्वशक्तिमान् परमेश्वर हुँ।”