Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 5 ONCV

Show ONCV only
Verse × ×
1 My son, pay attention to my wisdom; listen closely to my understanding, हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्‍तर्दृष्‍टिका मेरा वचनहरू ध्यानपूर्वक सुन,
2 so that you may guard discretion and your lips may preserve knowledge. ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।
3 For the lips of the forbidden woman drip honey, and her mouth is smoother than oil, किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
4 but in the end she is bitter as poison, sharp as a double-edged sword. तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
5 Her feet go down to death; her steps take hold of the grave. त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।
6 She gives no thought to the path of life; her ways wander, and she does not know it. त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।
7 And now, my sons, listen to me, and do not turn away from the words of my mouth. अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ!
8 Keep your way far from her, and do not go near the door of her house, त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
9 lest you give your honor to others and your years to one who is cruel, नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्‍ठा निर्दयीको हातमा पर्नेछ,
10 lest strangers take their fill of your strength, and your hard-earned labors go to the house of a foreigner, अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।
11 and at your end you groan, when your flesh and body are consumed, जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।
12 and you say, "How I hated discipline, and my heart despised correction! तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!
13 I did not listen to the voice of my teachers or heed my instructors. मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।
14 I was at the brink of utter ruin in the midst of the assembled congregation." परमेश्‍वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
15 Drink water from your own cistern, flowing water from your own well. आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!
16 Should your springs overflow in the streets, your streams of water in the public squares? के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?
17 Let them be yours alone, and not shared with strangers. त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
18 May your fountain be blessed, and rejoice in the wife of your youth, तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
19 a loving doe, a graceful deer. May her love satisfy you always; may you be captivated continually by her love. मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्‍ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
20 Why then, my son, should you be captivated by a forbidden woman and embrace another man's wife? हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?
21 For a man's ways are before the eyes of our Father, and he examines all the man's paths. किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।
22 The wicked are caught by their own wrongdoing and held fast in the cords of their sin. दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।
23 He will die for lack of discipline, and he will go astray because of his great foolishness. अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]