Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 4 ONCV

Show ONCV only
Verse × ×
1 Listen, my children, to a father's instruction; pay attention, and gain understanding. हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्‍त गर।
2 I am giving you sound teaching, so do not abandon my instruction. म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग!
3 For I too was a son to my father, tender and the only beloved of my mother. किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।
4 He taught me and said, "Let your heart hold on to my words; keep my commands and you will live. मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।
5 Get wisdom, get understanding; do not forget, and do not turn away from the words of my mouth. बुद्धि प्राप्‍त गर, समझशक्ति प्राप्‍त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ।
6 Do not forsake her, and she will protect you; love her, and she will watch over you. बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
7 The beginning of wisdom is this: get wisdom; and with all you acquire, get understanding. बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर।
8 Cherish her, and she will lift you high; embrace her, and she will bring you honor. बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।
9 She will set a garland of grace on your head; she will present you with a crown of glory." यसले तिम्रो शिरमा शोभायमान माला पहिर्‍याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।”
10 Listen, my son, and receive my words, and the years of your life will be many. हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ।
11 I have taught you the way of wisdom; I have led you along straight paths. म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्‍याउँछु।
12 When you walk, your steps will not be held back; and when you run, you will not stumble. तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन।
13 Hold on to instruction, do not let go; guard her, for she is your life. अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
14 Do not set foot on the path of the wicked, and do not walk in the way of evildoers. दुष्‍टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड।
15 Avoid it, do not travel on it; turn away from it and pass on by. त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग।
16 For they cannot sleep unless they do wrong; they are robbed of rest unless they make someone stumble. किनकि दुष्‍टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन।
17 They feed on the bread of wickedness and drink the wine of violence. तिनीहरूले दुष्‍टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्।
18 But the path of the righteous is like the light of dawn, shining brighter and brighter until the full light of day. धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।
19 The way of the wicked is like deep darkness; they do not know what makes them stumble. तर दुष्‍टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्।
20 My son, pay attention to my words; listen closely to my sayings. हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन।
21 Never lose sight of them; keep them deep within your heart. ती तिम्रो दृष्‍टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख,
22 For they are life to those who find them, and healing to their whole body. किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो।
23 Above all else, guard your heart, for everything you do flows from it. यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो।
24 Keep crooked speech from your mouth, and keep deceitful lips far from you. तिम्रो मुखबाट भ्रष्‍टता टाढै रहोस्, भ्रष्‍ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
25 Let your eyes look straight ahead; fix your gaze directly before you. तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
26 Give careful thought to the path for your feet, and all your ways will be secure. तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
27 Do not turn to the right or the left; keep your foot away from evil. दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्‍ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]