Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 3 ONCV

Show ONCV only
Verse × ×
1 My son, do not forget my teaching, but let your heart keep my commandments, हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
2 for they will add length of days and years of life and peace to you. किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्‍नति ल्याउनेछ।
3 Do not let covenant love and faithfulness leave you; bind them around your neck, write them on the tablet of your heart. प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
4 So you will find favor and a good reputation with our Father and with people. तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा निगाह र असल नाम कमाउनेछौ।
5 Trust in our Father with all your heart, and do not lean on your own understanding. तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
6 In all your ways know him, and he will make your paths straight. आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
7 Do not be wise in your own eyes; fear our Father, and turn away from evil. आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
8 This will bring healing to your body and refreshment to your bones. यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
9 Honor our Father with your wealth and with the firstfruits of all your produce, आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
10 then your barns will be filled with plenty, and your vats will overflow with new wine. तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।
11 My son, do not despise the discipline of our Father or be weary of his correction, हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;
12 for our Father disciplines the one his heart loves, just as a father disciplines the son he delights in. किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
13 Blessed is the one who finds wisdom, and the one who gains understanding, त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, र जसले समझशक्ति प्राप्‍त गर्छ,
14 for the gain from her is better than gain from silver, and her profit better than gold. किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।
15 She is more precious than jewels, and nothing you desire can compare with her. बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।
16 Long life is in her right hand; in her left hand are riches and honor. यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।
17 Her ways are pleasant, and all her paths are peace. यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्।
18 She is a tree of life to those who take hold of her; those who hold her fast are called blessed. यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो।
19 Our Father by wisdom founded the earth; by understanding he established the heavens; बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,
20 by his knowledge the depths burst open, and the clouds drop down the dew. उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्‍टि गरे।
21 My son, do not lose sight of these; keep sound wisdom and discretion, हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख,
22 and they will be life for your soul and an adornment for your neck. ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।
23 Then you will walk on your way securely, and your foot will not stumble. तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन।
24 If you lie down, you will not be afraid; when you lie down, your sleep will be sweet. जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
25 Do not be afraid of sudden terror, or of the ruin of the wicked when it comes, तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन।
26 for our Father will be your confidence and will keep your foot from being caught. किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ।
27 Do not withhold good from those who deserve it, when it is in your power to do it. जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
28 Do not say to your neighbor, "Go, and come back, and tomorrow I will give it"—when you have it with you. तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन!
29 Do not plot evil against your neighbor, who lives trustingly beside you. आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच।
30 Do not quarrel with anyone for no reason, when he has done you no harm. कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन।
31 Do not envy a violent man, and do not choose any of his ways, हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज।
32 for the devious person is detestable to our Father, but he takes the upright into his confidence. किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ।
33 The curse of our Father is on the house of the wicked, but he blesses the home of the righteous. दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।
34 Toward the mockers he is scornful, but to the humble he gives grace. गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
35 The wise will inherit honor, but fools get only disgrace. बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]