Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 2 ONCV

Show ONCV only
Verse × ×
1 My son, if you receive my words and store up my commandments within you, हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,
2 making your ear attentive to wisdom and turning your heart toward understanding; आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,
3 yes, if you call out for insight and raise your voice for understanding, साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने,
4 if you seek it like silver and search for it as for hidden treasure, र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने, अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,
5 then you will understand the fear of our Father and find the knowledge of our Father. तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”
6 For our Father gives wisdom; from his mouth come knowledge and understanding. किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7 He stores up sound wisdom for the upright; he is a shield to those who walk in integrity, उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,
8 guarding the paths of justice and watching over the way of his faithful ones. किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।
9 Then you will understand righteousness and justice and fairness—every good path. तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।
10 For wisdom will enter your heart, and knowledge will be pleasant to your soul; किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।
11 discretion will watch over you, and understanding will guard you, विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।
12 rescuing you from the way of evil, from men who speak twisted things, बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,
13 who abandon the paths of uprightness to walk in the ways of darkness, जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्,
14 who delight in doing evil and rejoice in the perversity of evil, जो खराबी गर्नमा रमाउँछन्, र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,
15 whose paths are crooked, and who are devious in their ways. जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्।
16 Wisdom will rescue you also from the forbidden woman, from the stranger with her smooth words, बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17 who forsakes the companion of her youth and forgets the covenant of her Father. जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।
18 For her house sinks down to death, and her paths to the dead. निश्‍चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।
19 None who go to her return, nor do they reach the paths of life. त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्‍त गर्छ।
20 So you will walk in the way of the good and keep to the paths of the righteous. यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।
21 For the upright will live in the land, and those of integrity will remain in it; किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,
22 but the wicked will be cut off from the land, and the treacherous will be torn away from it. तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]