Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 1 ONCV

Show ONCV only
Verse × ×
1 The proverbs of Solomon, son of David, king of Israel: इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
2 To know wisdom and instruction, to understand words of insight, बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति, अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति,
3 to receive instruction in wise conduct, in righteousness, justice, and fairness, विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
4 to give prudence to the simple, knowledge and discretion to the young, सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—
5 let the wise also hear and increase in learning, and let the one who understands gain guidance, बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—
6 to understand a proverb and a parable, the words of the wise and their riddles. हितोपदेश र दृष्‍टान्तहरू, बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।
7 The fear of our Father is the beginning of knowledge; fools despise wisdom and instruction. याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
8 Listen, my son, to your father's instruction, and don't turn away from your mother's teaching, हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग।
9 for they are a graceful garland for your head and pendants for your neck. ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्।
10 My son, if sinners entice you, do not give in. हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग!
11 If they say, "Come with us, let us lie in wait for blood, let us ambush the innocent without cause; तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ, हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,” हामी कुनै निर्दोषलाई आक्रमण गरौँ;
12 like the grave let us swallow them alive, and whole, like those who go down to the pit; हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ,
13 we will find all kinds of precious goods, we will fill our houses with plunder; हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ;
14 throw in your lot with us; we will all share one purse," तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ।
15 my son, do not walk in the way with them; hold back your foot from their paths, हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक!
16 for their feet run to evil, and they hurry to shed blood. किनकि तिनीहरूका खुट्टा दुष्‍ट काम गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्।
17 For a net spread out before any bird's eyes catches nothing; चराहरूले देख्ने गरी जाल बिछ्यानु कति निरर्थक हुन्छ!
18 but these lie in wait for their own blood; they ambush their own lives. यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्, तिनीहरूले आफैँलाई पासो थाप्दछन्!
19 Such are the ways of everyone greedy for unjust gain; it takes away the life of its possessors. बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।
20 Wisdom cries aloud in the street; in the open squares she lifts her voice. बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;
21 At the head of the noisy streets she calls out; at the entrance of the city gates she speaks: व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे; सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।
22 "How long, simple ones, will you love being simple? How long will mockers delight in their mocking and fools hate knowledge? तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ? कहिलेसम्म गिल्‍ला गर्नेहरू गिल्‍ला गर्नमै रमाउँछौ? र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?
23 If you respond to my correction, I, Wisdom, will pour out my spirit on you; I will make my words known to you. मेरो हप्काइ सुनेर पश्‍चात्ताप गर, म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
24 Because I have called and you refused, I stretched out my hand and no one paid attention, तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्‍न नचाहेकाले, र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले,
25 and you ignored all my counsel and rejected all my correction, तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठानेका हुनाले र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले,
26 I also will laugh at your calamity; I will mock when terror overtakes you, यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु;
27 when terror overtakes you like a storm and your calamity comes like a whirlwind, when distress and anguish come upon you. विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्‍ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।
28 Then they will call on me, but I will not answer; they will seek me earnestly but will not find me, “तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।”
29 because they hated knowledge and did not choose the fear of our Father, तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र याहवेहप्रति भय मान्‍न नचाहेका हुनाले;
30 they rejected my counsel and despised all my correction. तिनीहरूले मेरो सल्‍लाह ग्रहण नगरेका, र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले,
31 So they will eat the fruit of their own way and have their fill of their own schemes. तिनीहरूले आफ्ना कामको फलबाट खानेछन् र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्।
32 For the waywardness of the simple will kill them, and the complacency of fools will destroy them; आफ्नै पथभ्रष्‍टताले गर्दा सोझाहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ।
33 but whoever listens to me will dwell secure and be at ease, without dread of disaster." तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, उनीहरू सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]