Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 6 ONCV

Show ONCV only
Verse × ×
1 My son, if you have put up security for your neighbor, if you have shaken hands in pledge for a stranger, हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने,
2 you have been snared by the words of your mouth, caught by the words of your mouth. यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने,
3 Then do this, my son, and free yourself, for you are now at your neighbor's mercy: go, humble yourself, and plead with your neighbor. हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर।
4 Give no sleep to your eyes, no slumber to your eyelids. तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ।
5 Free yourself like a gazelle from the hand, like a bird from the hand of the trapper. शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर।
6 Go to the ant, you sluggard; consider her ways and be wise. ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्!
7 Without having any chief, officer, or ruler, त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ,
8 she prepares her bread in summer and gathers her food in harvest. तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।
9 How long will you lie there, sluggard? When will you arise from your sleep? ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्?
10 A little sleep, a little slumber, a little folding of the hands to rest, एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,
11 and poverty will come upon you like a robber, and scarcity like an armed man. तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
12 A worthless person, a wicked man, goes about with crooked speech, दुष्‍ट र उपद्रवी मानिस, जो भ्रष्‍ट मुख लिएर यताउति गर्दै हिँड्छ,
13 winks with his eyes, signals with his feet, points with his fingers, जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ,
14 with perverted heart he devises evil, continually sowing discord; आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्‍न गराउँछ।
15 therefore calamity will come upon him suddenly; in a moment he will be broken beyond healing. यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्‍ट हुनेछ।
16 There are six things our Father hates, seven that are detestable to him: यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्:
17 haughty eyes, a lying tongue, and hands that shed innocent blood, अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
18 a heart that devises wicked plans, feet that hurry to run to evil, दुष्‍ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू,
19 a false witness who breathes out lies, and one who sows discord among brothers. असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस।
20 My son, keep your father's commandment, and do not forsake your mother's teaching. हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग।
21 Bind them on your heart always; tie them around your neck. त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख।
22 When you walk, they will lead you; when you lie down, they will watch over you; and when you awake, they will talk with you. जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्‍लाह दिनेछ।
23 For the commandment is a lamp and the teaching a light, and the reproofs of discipline are the way of life, किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्,
24 to keep you from the evil woman, from the smooth tongue of the adulteress. जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ।
25 Do not desire her beauty in your heart, and do not let her capture you with her eyelashes; तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्।
26 for the price of a prostitute is only a loaf of bread, but a married woman hunts down a precious life. किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे।
27 Can a man carry fire next to his chest and his clothes not be burned? के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र?
28 Or can one walk on hot coals and his feet not be scorched? के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र?
29 So is he who sleeps with his neighbor's wife; none who touches her will go unpunished. त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन।
30 People do not despise a thief if he steals to satisfy his appetite when he is hungry, भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन।
31 but if he is caught, he will pay sevenfold; he will give all the goods of his house. तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्।
32 He who commits adultery lacks sense; he who does it destroys himself. तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्।
33 He will get wounds and dishonor, and his disgrace will not be wiped away. मुक्‍का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन।
34 For jealousy makes a man furious, and he will show no mercy in the day of vengeance. किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ।
35 He will accept no compensation; he will refuse no matter how large the bribe. त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]