Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 13 ONCV

Show ONCV only
Verse × ×
1 A wise son heeds his father's instruction, but a scoffer does not listen to rebuke. बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
2 From the fruit of his mouth a person enjoys good things, but the appetite of the treacherous is for violence. आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्।
3 Whoever guards his mouth protects his life, but one who opens his lips wide comes to ruin. आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।
4 The lazy person craves and gets nothing, but the appetite of the diligent is richly satisfied. अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्।
5 The righteous hates falsehood, but the wicked brings shame and disgrace. धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ।
6 Righteousness guards the one whose way is blameless, but wickedness overthrows the sinner. धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ।
7 One person pretends to be rich, yet has nothing; another pretends to be poor, yet has great wealth. कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ।
8 A person's wealth may ransom his life, but the poor hears no threat. कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन।
9 The light of the righteous shines joyfully, but the lamp of the wicked will be snuffed out. धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्‍टको बत्ती निभाइन्छ।
10 Arrogance breeds nothing but strife, but wisdom is with those who seek advice. अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ।
11 Wealth gained by fraud dwindles away, but whoever gathers little by little makes it grow. बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
12 Hope deferred makes the heart sick, but desire fulfilled is a tree of life. ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।
13 Whoever despises the word brings ruin on himself, but the one who reveres the commandment will be rewarded. अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ।
14 The teaching of the wise is a fountain of life, turning a person away from the snares of death. बुद्धिमान्‌को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
15 Good sense wins favor, but the way of the treacherous is their undoing. असल न्यायले निगाह प्राप्‍त गर्छ; तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ।
16 Every prudent person acts with knowledge, but a fool flaunts his foolishness. हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ।
17 A wicked messenger falls into trouble, but a faithful envoy brings healing. दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ।
18 Poverty and shame come to whoever ignores discipline, but the one who heeds correction is honored. अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।
19 A desire fulfilled is sweet to the soul, but turning away from evil is detestable to fools. पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ।
20 Whoever walks with the wise grows wise, but the companion of fools suffers harm. बुद्धिमान्‌हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
21 Disaster pursues sinners, but good rewards the righteous. पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो।
22 A good person leaves an inheritance to his grandchildren, but the sinner's wealth is stored up for the righteous. असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।
23 The unplowed field of the poor could yield abundant food, but it is swept away for lack of justice. गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ।
24 Whoever withholds the rod hates his son, but the one who loves him is diligent to discipline him. आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।
25 The righteous eats to his heart's content, but the belly of the wicked goes hungry. धर्मीले पेटभरि खान्छ; तर दुष्‍टको पेट भोकभोकै हुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]