Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 62 ONCV

Side by side with the Father's Heart Bible™

सियोनको नयाँ नाम

1यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म,त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म,म सियोनको खातिर चुप रहनेछैनँ;म यरूशलेमको खातिर मौन रहनेछैनँ।

2जाति-जातिहरूले तेरो धार्मिकता,सबै राजाहरूले तेरो गौरव देख्नेछन्;याहवेहले आफ्नै मुखले दिनुहुनेनयाँ नामद्वारा तँ बोलाइनेछस्।

3तँ याहवेहको हातमा गौरवको एउटा मुकुट,र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।

4अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्,न त तेरो देशलाई उजाड भन्‍नेछन्।तर तँलाई हेप्सीबा,र तेरो देशलाई ब्युलाह भनिनेछ;किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ,र तेरो देशलाई विवाह गरिनेछ।

5जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ,त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ;जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ,त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।

6हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु;तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्।हे याहवेहलाई पुकार्नेहरू हो,आफूलाई विश्राम नदेओ;

7उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्मर त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।

8याहवेहले आफ्नो दाहिने हातर आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ:“म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाईभोजनको निम्ति दिनेछैनँ;अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्,त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।

9तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्,र याहवेहको प्रशंसा गर्नेछन्;अनि जसले अङ्‌गुर बटुल्नेछन्,तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।”

10जाओ, मूलढोकाहरूबाट भएर जाओ!मानिसहरूका निम्ति बाटो तयार पार।बनाओ, राजमार्ग बनाओ!ढुङ्गाहरू हटाओ।जाति-जातिहरूका निम्ति झण्डा खडा गर।

11याहवेहले पृथ्वीको पल्‍लो छेउसम्मघोषणा गर्नुभएको छ:“सियोनकी छोरीलाई भन,‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ!हेर्, उहाँको पुरस्कार उहाँसित छ,र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”

12तिनीहरू पवित्र जाति,याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्;तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर,नत्यागिएको सहर भनिनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]