Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 61 ONCV

Side by side with the Father's Heart Bible™

याहवेहको निगाहको वर्ष

1प्रभु याहवेहको आत्मा ममाथि छ;किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्तियाहवेहले मलाई अभिषेक गर्नुभएको छ।उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,

2याहवेहको निगाहको वर्षर हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न,शोक गर्नेहरूलाई सान्त्वना दिन,

3र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन,तिनीहरूलाई खरानीको सट्टासुन्दरताको मुकुट प्रदान गर्न,विलापको सट्टाआनन्दको तेल दिन,निराशाको आत्माको सट्टाप्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ।उहाँको गौरव प्रदर्शन गर्नतिनीहरूलाई याहवेहले रोप्नुभएकोधार्मिकताका फलाँटहरू भनिनेछन्।

4तिनीहरूले प्राचीन भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछन्;अनि धेरै पहिले भत्काइएका ठाउँहरूलाई पुनर्स्थापित गर्नेछन्;पुस्तौँसम्म भत्काएर उजाड र ध्वस्त पारिएका सहरहरूलाईतिनीहरूले मर्मत गरेर फेरि बसाल्नेछन्।

5परदेशीहरूले तिमीहरूका बगालहरूलाई चराउनेछन्;विदेशीहरूले तिमीहरूका खेतहरू र दाखबारीमा काम गर्नेछन्।

6तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ;तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरूको नाम दिइनेछ।तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ;अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।

7तिमीहरूका शर्मको सट्टामातिमीहरूले दोबर भाग पाउनेछौ;अनि तिमीहरूले अपमानको सट्टामातिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ;यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ,र सदाको निम्ति आनन्दित हुनेछौ।

8“किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु;डकैती र अधर्मलाई घृणा गर्छु।म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु,र तिनीहरूसँग सदाको करार बाँध्नेछु।

9तिनीहरूका सन्तानहरू जातिहरूका बीचमार तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्।तिनीहरूलाई देख्ने सबैले जान्‍नेछन्,कि तिनीहरू याहवेहले आशिष् दिनुभएको जाति हुन्।”

10म याहवेहमा अत्यन्त आनन्दित हुन्छु;मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्द गर्छ।किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ,र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ,उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ,र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।

11जसरी माटोले टुसालाई उम्रन दिन्छ,र बगैँचाले बिउलाई बढ्न दिन्छ,त्यसरी नै प्रभु याहवेहलेधार्मिकता र प्रशंसालाई सबै जातिहरूका बीच बढाउनुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]