सियोनको महिमा
1“प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,र याहवेहको महिमा तँमाथि उदाएको छ।
2हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ,र मानिसहरूमाथि बाक्लो अन्धकार छ,तर याहवेह तँमाथि उदाउनुहुनेछ;अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।
3जातिहरू तेरो प्रकाशमा आउनेछन्,र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।
4“तेरा आँखा उठाएर चारैतिर हेर्:सबै भेला भएर तँकहाँ आउँछन्;तेरा छोराहरू टाढाबाट आउनेछन्,र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।
5तब तैँले हेर्नेछस् र चम्कनेछस्;तेरो हृदय उल्लासित हुनेछ र आनन्दले फुल्नेछ;समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ;जातिहरूका धन तँकहाँ आउनेछ।
6ऊँटहरूका बथान, मिद्यान र एपाकासाना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ।शेबाबाट सबै मानिसहरूयाहवेहको प्रशंसाको घोषणा गर्दैसुन र धूप बोकेर आउनेछन्।
7केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्;नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्;मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्,र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु।
8“बादलझैँ उड्ने,र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?
9निश्चय नै टापुहरूले मलाई हेर्नेछन्;टाढाबाट तेरा बालबच्चाहरूलाई ल्याउँछन्,तिनीहरूका सुन र चाँदी लिएकातर्शीशका जहाजहरू अगि-अगि छन्;ती सबै याहवेह तेरा परमेश्वर,इस्राएलका पवित्र परमेश्वरलाई सम्मान दिनका निम्ति हो;किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।
10“विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्,र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्।मैले रिसमा तँलाई प्रहार गरे तापनिमेरो निगाहमा म तँलाई दया देखाउनेछु।
11तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्;ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्,ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्,अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्न सकून्।
12किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्;त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।
13“लेबनानको गौरव तँकहाँ आउनेछ,सल्ला, धूपी र सिसौका रूखहरूसमेत,मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्;अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।
14तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्;तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्,र तँलाई याहवेहको सहर,इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्।
15“तँ त्यागिएकी र घृणित भएकी,तँबाट भएर यात्रा गर्ने कोही नगए तापनिम तँलाई अनन्तको निम्ति महान्र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।
16तैँले जातिहरूको दूध पिउनेछस्,र राजकीय स्तन चुस्नेछस्।तब तैँले जान्नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता,तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्वर हुँ।
17म तँलाई काँसाको सट्टामा सुनर फलामको सट्टामा चाँदी ल्याइदिनेछु।म तँलाई काठको सट्टामा काँसार ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु।म शान्तिलाई तेरा राज्यपालर धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।
18तेरो देशमा फेरि हिंसा सुनिनेछैन,न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ,तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्नेछस्र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।
19अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन,न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ;किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ;अनि तेरा परमेश्वर तेरो महिमा हुनुहुनेछ।
20तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन,र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन;याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ;अनि तेरा दुःखका दिनहरू समाप्त हुनेछन्।
21तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्;अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्।मेरो महानता देखाउनको निम्ति,मैले रोपेका बिरुवाहरू,मेरा हातका कामहरू तिनीहरू नै हुन्।
22तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ;अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ।म नै याहवेह हुँ;म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।”