Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 18 ONCV

Side by side with the Father's Heart Bible™

कूश देशको विरुद्धमा भविष्यवाणी

1धिक्‍कार, कूशका नदीहरूका किनारमा भएकोहुरुरु आवाज निकाल्नेहरूको देश,

2जसले पानीमाथि निगालोका डुङ्गाहरूमासमुद्री बाटोद्वारा दूतहरू पठाउँछ।फूर्तिला दूतहरू,अग्ला र चिल्‍ला छाला भएका मानिसहरूकहाँ जाओ;चारैतिर डर मानिएका जातिकहाँ,अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ,जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।

3हे संसारका सबै मानिसहरू हो,जो यस पृथ्वीमा बस्दछौ,जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ,तिमीहरूले त्यसलाई देख्नेछौ;अनि तुरही बज्दातिमीहरूले त्यो सुन्‍नेछौ।

4याहवेहले मलाई यसो भन्‍नुहुन्छ:“म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ,र कटनीको समय गर्मीमा शीतको बादलझैँआफ्नो वासस्थानबाट हेर्नेछु।”

5किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ,र फूलबाट बढेर अङ्‌गुर पाकेको हुन्छ,तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ;अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।

6तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँर वन-पशुहरूकहाँ छोडिनेछन्;तब पक्षीहरूले ग्रीष्मकालभरिर वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।

7त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ।अग्ला र चिल्‍ला छाला भएका मानिसहरूबाटचारैतिर डर मानिएका जातिबाट,अनौठो बोली भएका आक्रमणकारी जातिबाट,जसको देशलाई नदीहरूले भाग गरेको छ।सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]