Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 17 ONCV

Side by side with the Father's Heart Bible™

दमस्कसको विरुद्धमा भविष्यवाणी

1दमस्कसको विषयमा भविष्यवाणी:“हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन,तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ।

2अरोएरका सहरहरू उजाड पारिनेछन्,त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्;अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।

3सुरक्षित सहर एफ्राइमबाट हराउनेछ,र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ;अरामका बाँचेको भागइस्राएलीहरूको गौरवझैँ हुनेछ,”सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

4“त्यस दिन याकोबको गौरव लोप हुनेछ;त्यसको शरीरको बोसो बिलाएर जानेछ।

5कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ;त्यसको हातले अन्‍न टिपेझैँरपाईहरूको बेँसीमाकुनै मानिसले शिला-बाला टिपेझैँ त्यो हुनेछ।

6तापनि जैतुनको रूखबाट फल झारेपछिदुई-तीन वटा फल हाँगाको टुप्पाका रहेझैँ,चार-पाँच वटा फलदायक हाँगाहरूमा रहेझैँ,केही शिला-बालाचाहिँ रहनेछन्,”याहवेह, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ।

7त्यस दिन मानिसहरूले आफ्ना सृष्‍टिकर्तालाई हेर्नेछन्;अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्‍वरतिर फर्काउनेछन्।

8तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन्जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्;अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रतितिनीहरूको श्रद्धा हुनेछैन।

9त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ।

10तिमीहरूले परमेश्‍वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ;तिमीहरूले आफ्ना चट्टान र किल्‍लालाई सम्झेका छैनौ।यसकारण तिमीहरूले उत्तम बोटहरूर परदेशी कलमीहरू रोप्छौ,

11तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि;अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनिरोग र निको नहुने कष्‍टको दिनमाकटनी शून्य हुनेछ।

12हाय! धेरै राष्ट्रहरूका खैलाबैला,तिनीहरू जो समुद्रझैँ हल्‍ला मच्‍चाउँछन्!सुन! जातिहरूका खैलाबैला—तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्!

13पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनिपरमेश्‍वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्;अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ,र आँधीको सामु सानो झारझैँ हुर्‍याइनेछन्।

14साँझमा अचानक आतङ्क हुन्छ!बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्!हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ;हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]