Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 12 ONCV

Side by side with the Father's Heart Bible™

1एफ्राइमले बतासले आफ्नो पेट भर्छ;त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ;अनि झूट र हिंसा बढाउँछ।त्यसले अश्शूरसँग सन्धि गर्छ,र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।

2याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ;उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ,र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।

3उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो;मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो।

4उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो;ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो।उहाँले उसलाई बेथेलमा भेट्नुभयो,र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,

5अर्थात् याहवेह सेनाहरूका परमेश्‍वर हुनुहुन्छ,र याहवेह उहाँको नाम हो!

6तर तँ आफ्ना परमेश्‍वरकहाँ फर्कनुपर्छ;प्रेम र न्याय कायम राख्,र सधैँ तेरा परमेश्‍वरको प्रतीक्षा गर्।

7व्यापारीले छलको तराजु प्रयोग गर्छ,र त्यसले छल गर्न रुचाउँछ।

8एफ्राइमले घमण्डसित भन्छ,“म अति धनी छु; म धनाढ्य भएको छु।मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूलेममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”

9“म याहवेह तेरा परमेश्‍वर हुँ,जसले तँलाई इजिप्टबाट ल्याएको हुँ;तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँम तँलाई फेरि पालहरूमा बस्‍न लगाउनेछु।

10मैले अगमवक्ताहरूसँग कुरा गरेको छु,तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु;अनि तिनीहरूद्वारा दृष्‍टान्तहरू भनेको छु।”

11के गिलाद दुष्‍ट हो?त्यहाँका मानिसहरू व्यर्थका छन्!के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्?तिनीहरूका वेदीहरू जोतिएका जमिनमाथुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।

12याकोब अराम देशमा भागेर गयो;इस्राएलले पत्नी पाउनलाई सेवा गर्‍यो,र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।

13याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउनएक जना अगमवक्तालाई प्रयोग गर्नुभयो;उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।

14तर एफ्राइमले परमेश्‍वरलाई साह्रै रिस उठाएको छ;त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ;अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]