Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Amos 3 ONCV

Show ONCV only
Verse × ×
1 Hear this word our Father has spoken against you, children of Israel—against the whole family I brought up from Egypt: हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:
2 Of all the families of the earth, I have known only you; therefore I will hold you accountable for all your sins. “पृथ्वीका सारा घरानाका बीचबाट मैले केवल तिमीहरूलाई मात्र चुनेको छु; यसकारण म तिमीहरूलाई तिमीहरूका सबै पापहरूको दण्ड दिनेछु।”
3 Do two walk together, unless they have agreed to meet? के एक-आपसमा सहमत नभएसम्म दुई जना सँगसँगै हिँड्छन् र?
4 Does a lion roar in the forest when he has no prey? Does a young lion cry out from his den if he has caught nothing? के जङ्गलमा शिकार नै नभेटी सिंह गर्जन्छ र? के सिंहले केही फेला नपारीकन त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?
5 Does a bird fall into a snare on the ground when there is no trap for it? Does a snare spring up from the earth when it has caught nothing? के पासोमा चारो राखिएको छैन भने, चरो पासोमा पर्छ र? के पासोमा केही परेको छैन भने, त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?
6 If a ram's horn is blown in a city, will the people not tremble? If disaster comes to a city, has our Father not done it? जब सहरमा तुरही फुकिन्छ, तब के मानिसहरू डरले काम्दैनन् र? जब सहरमा विपत्ति आउँछ, के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?
7 Surely the Sovereign Father does nothing without revealing his secret to his servants the prophets. निश्‍चय नै प्रभु याहवेहले आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई प्रकट नगरी केही पनि गर्नुहुन्‍न।
8 The lion has roared—who will not fear? The Sovereign Father has spoken—who can keep from prophesying? सिंह गर्जेको सुनेर, को भयभीत नहोला र? प्रभु याहवेहले बोल्नुभएको छ; अनि कसले अगमवाणी गर्दैन र?
9 Proclaim over the strongholds in Ashdod and over the strongholds in the land of Egypt, and say: "Assemble on the mountains of Samaria and see the great uproar within her, and the oppression in her midst." अश्दोदका किल्‍लाहरू र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर: “सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ; त्यसभित्र भएको ठूलो अशान्ति र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”
10 They do not know how to do right, declares our Father—those who hoard up violence and plunder in their strongholds. याहवेह घोषणा गर्नुहुन्छ, “कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन; तिनीहरूले खोसेका र लुटेका मालसामानहरू तिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।”
11 So the Sovereign Father says: An enemy will surround the land, topple your defenses, and loot your strongholds. यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ; त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ, र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।”
12 This is what our Father says: As a shepherd rescues two legs or a piece of an ear from the lion's mouth, so the children of Israel living in Samaria will be rescued—with a corner of a couch, part of a bed. याहवेह यसो भन्‍नुहुन्छ: “जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ, त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू, पलङको कुना र गद्दीमा बस्‍ने थोरै मानिसहरू मात्र बचाइनेछन्।”
13 Hear, and testify against the house of Jacob, declares the Sovereign Father, the Father of heaven's armies: प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।
14 On the day I punish Israel for his rebellions, I will also punish the altars of Bethel; the horns of the altar will be cut off and fall to the ground. “जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु, म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु; वेदीका चारैतिरका सिङहरू काटिनेछन्, र ती भुइँमा खस्‍नेछन्।
15 I will strike the winter house along with the summer house; the houses of ivory will perish, and the great houses will come to an end, declares our Father. म गर्मीका महल सँगसँगै हिउँदका महललाई पनि भत्काउनेछु; हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्, र दरबारहरू भत्काइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]