Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Amos 2 ONCV

Show ONCV only
Verse × ×
1 This is what our Father says: For three sins of Moab, and for four, I will not revoke it—he burned the bones of Edom's king to lime. याहवेह यसो भन्‍नुहुन्छ: “मोआबका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले एदोमको राजाका हड्डीहरू जलाएर खरानी पारिदियो;
2 So I will send fire on Moab, and it will devour the strongholds of Kerioth; Moab will die amid the uproar, with shouting and the sound of the shofar. म मोआबमाथि आगो पठाउनेछु, जसले किर्योतका किल्‍लाहरूलाई भस्म पार्नेछ। मोआबको पतन ठूलो होहल्‍लाका साथ युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ।
3 I will cut off the ruler from her midst and kill all her officials with him, says our Father. म त्यसको शासकलाई नाश गर्नेछु, र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,” याहवेह भन्‍नुहुन्छ।
4 This is what our Father says: For three sins of Judah, and for four, I will not revoke it—they rejected our Father's instruction and did not keep his rules, and their lies led them astray, the same lies their ancestors followed. याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्, र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्; किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्, जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए,
5 So I will send fire on Judah, and it will devour the strongholds of Jerusalem. म यहूदामाथि आगो पठाउनेछु; त्यसले यरूशलेमका किल्‍लाहरू भस्म पार्नेछ।”
6 This is what our Father says: For three sins of Israel, and four, I won't relent—they sell the righteous for silver, the needy for a pair of sandals. याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका तीन वटा पापहरूका कारण, अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले निर्दोषलाई चाँदीमा, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्।
7 They trample the heads of the poor into the dust of the earth and push the afflicted off the road. A man and his father go to the same girl, profaning my holy name. तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ गरिबका टाउकोमाथि कुल्चन्छन्; अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्; अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्।
8 They stretch out beside every altar on garments taken as collateral, and in the house of their God they drink the wine of those they have fined. तिनीहरू हरेक वेदीको छेउमा बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्। तिनीहरू आफ्ना देवताको मन्दिरमा जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्।
9 Yet it was I who destroyed the Amorite before them, as tall as the cedars and as strong as the oaks; I destroyed his fruit above and his roots below. “मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ, तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो, र फलाँटको रूखजस्तै बलियो थियो। मैले ती रूखहरूमाथि रहेका फलहरू, र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ।
10 And it was I who brought you up out of the land of Egypt and led you forty years in the wilderness, to take possession of the land of the Amorite. तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ; अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्‍याएँ।”
11 I raised up some of your sons as prophets and some of your young men as Nazirites. Is this not so, people of Israel? declares our Father. मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ। “हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
12 But you made the Nazirites drink wine, and you commanded the prophets, saying, "Do not prophesy." “तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ, र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ।
13 Look, I will crush you in your place, as a cart full of sheaves crushes the ground beneath it. “त्यसैले अब म अन्‍नले लादिएको गाडाले किचेझैँ तिमीहरूलाई जमिनमा किचिदिनेछु।
14 Even the swift will find no escape, the strong will not hold on to his strength, and the warrior will not save his life. वेगसित दगुर्ने पनि उम्कनेछैन; बलवान्‌हरूको बल पनि काम लाग्नेछैन, र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्।
15 The archer will not stand his ground, the fleet-footed will not escape, and the horseman will not save his life. धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन; र अति वेगसित दौडने सिपाही उम्कनेछैन; अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन।
16 Even the bravest of the warriors will flee away naked on that day, declares our Father. बहादुर योद्धाहरू नै भए तापनि त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]