Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Amos 3 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको

1हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:

2“पृथ्वीका सारा घरानाका बीचबाटमैले केवल तिमीहरूलाई मात्र चुनेको छु;यसकारण म तिमीहरूलाई तिमीहरूकासबै पापहरूको दण्ड दिनेछु।”

3के एक-आपसमा सहमत नभएसम्मदुई जना सँगसँगै हिँड्छन् र?

4के जङ्गलमा शिकार नै नभेटीसिंह गर्जन्छ र?के सिंहले केही फेला नपारीकनत्यो आफ्नो गुफाभित्र गर्जन्छ र?

5के पासोमा चारो राखिएको छैन भने,चरो पासोमा पर्छ र?के पासोमा केही परेको छैन भने,त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?

6जब सहरमा तुरही फुकिन्छ,तब के मानिसहरू डरले काम्दैनन् र?जब सहरमा विपत्ति आउँछ,के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?

7निश्‍चय नै प्रभु याहवेहलेआफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाईप्रकट नगरी केही पनि गर्नुहुन्‍न।

8सिंह गर्जेको सुनेर,को भयभीत नहोला र?प्रभु याहवेहले बोल्नुभएको छ;अनि कसले अगमवाणी गर्दैन र?

9अश्दोदका किल्‍लाहरूर इजिप्टका किल्‍लाहरूलाई घोषणा गर:“सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ;त्यसभित्र भएको ठूलो अशान्तिर त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”

10याहवेह घोषणा गर्नुहुन्छ,“कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन;तिनीहरूले खोसेका र लुटेका मालसामानहरूतिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।”

11यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:“शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ;त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ,र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।”

12याहवेह यसो भन्‍नुहुन्छ:“जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाकाखुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ,त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू,पलङको कुना र गद्दीमा बस्‍नेथोरै मानिसहरू मात्र बचाइनेछन्।”

13प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।

14“जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु;वेदीका चारैतिरका सिङहरू काटिनेछन्,र ती भुइँमा खस्‍नेछन्।

15म गर्मीका महल सँगसँगै हिउँदकामहललाई पनि भत्काउनेछु;हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्,र दरबारहरू भत्काइनेछन्,”याहवेह घोषणा गर्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]